नेपाली

पाठ छपन्न

criPublished: 2014-01-28 14:25:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आजका मुख्य वाक्य यस प्रकार छनः

ना अर यौ वांग पा?

नि यौ च् चि त पो ख मा?

नि त यौ श्यांग ति ट् श शन मो?

वो वांग चि मि मा ल।

वर्षाः चिनियाँ भाषामा इन्टरनेट बारलाई "वांग पा" भनिन्छ।

वर्षाः वांग, इन्टरनेट वा संजाल।

दयारामः वांग।

वर्षाः पा, बार।

दयारामः पा।

वर्षाः "इन्टरनेट बार कहाँ छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा "ना र यौ वांग पा?" भनिन्छ।

वर्षाः अब व्लक एउटा निकै प्रचलित कुरा हो। चीनका धेरै युवक-युवतीको आ-आफ्नो व्लक छ। "तपाईंको आफ्नै व्लक छ कि" भन्ने वाक्यलाई चिनियाँ भाषामा "नि यौ च् चि त पो ख मा" भनिन्छ।

वर्षाः यौ, छ।

दयारामः यौ।

वर्षाः च् चि त, आफ्नो।

दयारामः च् चि त।

वर्षाः पो ख, व्लक

दयारामः पो ख।

वर्षाः "नि यौ च् चि त पो ख मा?" तपाईंको आफ्नै व्लक छ कि?

खः तांग रान ल। वो त पो ख तेन चि ल्यु हाई थिंग काउ त।

वर्षाः कुनै व्यक्तिलाई इमेल पठाउँदा उसको इमेल ठेगाना सोध्ने चाहना हुन सक्छ। तपाईंको इमेल ठेगाना के होला भन्ने वाक्यलाई चिनियाँ भाषामा नि त यौ स्यांग ति च श शन म भनिन्छ।

वर्षाः नि त, तपाईंको वा तिम्रो।

दयारामः नि त।

वर्षाः यौ श्यांग, इमेल बक्स।

दयारामः यौ श्यांग ।

वर्षाः ति ट्, ठेगाना।

दयारामः ति ट् ।

वर्षाः श शन मो? के हो?

दयारामः श शन मो?

वर्षाः नि त यौ श्यांग ति ट् श शन मो? तपाईंको इमेल ठेगाना के हो।

वर्षाः कहिले काहिं हामीले आफ्नो इमेल बक्सको पासवर्ड बिर्सन सक्छौं। "मैले आफ्नो पासवर्ड बिर्सेको छु" भन्ने वाक्यलाई चिनियाँ भाषामा "वो वांग चि मि मा ल" भनिन्छ।

वर्षाः वो, म।

दयारामः वो।

वर्षाः वांग चि, बिर्सनु।

दयारामः वांग चि।

वर्षाः मि मा, पासवर्ड।

दयारामः मि मा।

वर्षाः "वो वांग चि मि मा ल"।, मैले आफ्नो पासवर्ड बिर्सेको छु।

वर्षाः आजका सम्पूर्ण वार्तालाप सुन्नुअघि आज हामीले सिकेका बिषयबारे पुनः एक पटक दोहोर्‍याऔं। पहिलो वाक्य छः ना अर यौ वांग पा?

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn