पाठ चवालीस
वर्षाः तपाईंले यसरी भन्नुपर्छः वो त छेन पाउ त्यौ ल।
वर्षाः "छेन पाउ", "मनी ब्याग वा पैसा राख्ने थैली"।
कमलः छेन पाउ।
वर्षाः "त्यौ ल", "हरायो"।
वर्षाः वो त छेन पाउ त्यौ ल।
कमलः "वो त छेन पाउ त्यौ ल"।, "मेरो मनी ब्याग हरायो"।
वर्षाः अं साँच्ची यहाँनेर म सोध्नचाहन्छु, तपाईंगको बैंक कार्ड त छ?
कमलः मेरो क्रेडिट कार्ड पनि हरायो।
वर्षाः विचरा कमलजी।
कमलः वो त यिंग हाँग खा ये त्यौ ल।
वर्षाः "वो त", "मेरो"।
कमलः वो त।
वर्षाः "यिंग हाँग खा", "बैंक कार्ड"।
कमलः यिंग हाँग खा।
वर्षाः "ये", "पनि"।
कमलः ये।
वर्षाः "त्यौ ल", "हरायो"
वर्षाः चिनियाँ भाषामा एउटा क्रियाको काम सकिएको अर्थ बुझाउँदा मुख्यतः सहायक शब्द "ल"को प्रयोग गरिन्छ। जस्तै उदाहरणका लागि, वो त छेन पाउ त्यौ ल। वो त यिंग हाँग खा ये त्यौ ल। यस्तो अर्थ बुझाउँदा सहायक शब्द "ल" लाई वाक्यको अन्त्यमा राख्नुपर्छ।
कमलः मैले बुझें।
कमलः भर्खरै तपाईंले मलाई सिकाउनुभएको दुइटै वाक्यको अन्त्यमा "ल" भन्ने शब्द छ। यसको कुनै नियम छ कि?
वर्षाः म तपाईंलाई सिकाउँछु। वास्तवमा यहाँ "ल" भन्ने शब्द एउटा क्रिया सकिएको अर्थ बुझाउने सहायक शब्द हो।
कमलः ए मैले बुझें। यसभन्दा अघिको पाठमा हामीले उल्लेख गरेका थियौं यसबारे।
वर्षाः ठीक छ। "त्यसो भए तपाईं छिट्टै हराएको खबर दिनुहोस्"।, "ना नी कान ख्वाई क्वा श् पा"।
कमलः ना नी कान ख्वाई क्वा श् पा
वर्षाः "ना", "त्यसो भए"।
कमलः ना।
वर्षाः "नी", "तिमी"।
कमलः नी।
वर्षाः "कान ख्वाई", "छिटो वा चाँडै"।
कमलः कान ख्वाई।
वर्षाः "क्वा श्", "हराएको खबर दिनु"।
कमलः क्वा श्।
वर्षाः ना नी कान ख्वाई क्वा श् पा
कमलः "ना नी कान ख्वाई क्वा श् पा"।, "त्यसो भए तपाईं छिट्टै हराएको खबर दिनुहोस्"।
कमलः मलाई नयाँ कार्ड बनाउन कति समय लाग्छ भन्ने कुरा थाहा पाउने इच्छा छ।