नेपाली

पाठ चौबीस

criPublished: 2014-01-28 14:04:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छिंग वन यिंग वन श्याउ शो चाई चि छंग माई?

कमलः दैनिक जीवनको चिनियाँ भाषा सिक्नु निकै रमाइलो छ। यसमा मैले अझ मेहनत गर्नुपर्छ। पसलमा गएर चिनियाँ भाषाबारेका केही किताब र राम्रो उपन्यास किन्ने मेरो विचार छ।

वर्षाः तपाईंको विचार राम्रो छ।

कमलः सर्वप्रथम "किताब" भन्ने शब्दलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः त्यसलाई "शु" भनिन्छ।

कमलः शु। अनि "किताब पसल"लाई कसरी भन्ने नि?

वर्षाः त्यसलाई "शु तेन" भनिन्छ। "तेन" भनेको पसल हो।

कमलः मैले बुझें, शु तेन। "ठूलो किताब पसल कहाँ छ"भनेर कसरी सोध्ने चिनियाँ भाषामा?

वर्पाः त्यसलाई "ना अर यौ ता त शु तेन" भन्ने।

कमलः ना अर यौ ता त शु तेन।

वर्षाः ना अर, कहाँ।

कमलः ना अर।

वर्षाः यौ, छ।

कमलः यौ।

वर्षाः ता त, ठूलो।

कमलः ता त।

वर्षाः ना अर यौ ता त शु तेन?

कमलः ना अर यौ ता त शु तेन?

कमलः पसलमा विभिन्न किसिमका किताब हुन्छन। उदाहरणका लागि, मैले एउटा शब्द कोष किन्न चाहेको छु भन्ने वाक्यलाई कसरी भन्ने?

वर्षाः यसलाई "वो याउ माई पन च" तेन भनिन्छ।

वर्षाः वो याउ, मैले चाहेको।

वर्षाः पन, किताबको परिमाण जनाउने शब्द। यसले "यि क" अर्थात "एउटा" भन्ने शब्दको काम गर्छ।

वर्षाः च् तेन, शब्दकोष।

कमलः च तेन।

कमलः वो याउ माई पन च् तेन।

वर्षाः अब पुनः एक पटक अभ्यास गरौं। "वो याउ, मैले चाहेको।

कमलः वो याउ।

वर्षाः पन, किताबको परिमाण बुझाउने शब्द।

वर्षाः वो याउ माई पन च तेन, मैले एउटा शब्दकोष किन्नचाहेको छु।

कमलः वो याउ माई पन च तेन।

कमलः मैले पैचिङ्गको पर्यटनसम्बन्धी किताब किन्नचाहेको छु। यस वाक्यलाई कसरी भनिन्छ?

वर्षाः यसलाई "वो श्यांग माई पन पैचिङ्ग ताउ यौ शौ छ" भनिन्छ।

वर्षाः वो श्यांग, मैले चाहेको।

कमलः वो श्यांग ।

वर्षाः माई, किन्नु।

वर्षाः पन, किताबको संख्याबोधक शब्द।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn