पाठ एकसट्ठी
वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।
दयारामः गत शताब्दीकफ सत्तरी दशकको अवधिमा काराओकी जापानमा देखा परेपछि चीनमा विस्तार भएर चिनियाँहरुमाझ निकै लोकप्रिय भयो। पैचिङ्गमा रहेका काराओकी धेरै छन्। कुनै रेस्टुराँको अलग कोठामा पनि काराओकीको प्रबन्ध गरिएको देखिन्छ। चिनियाँहरु रेस्टुराँमा आनन्दसँग खाएर खुशीका साथ गीत गाउँछन्। साथीहरु होस वा सहकर्मीहरु वा सहपाठीहरु पार्टी गर्दा सामान्यतया काराओकीमा गरिन्छ। पैचिङ्गका काराओकीमा प्रस्तुत सेवा निकै राम्रो छ। कुनै कुनै काराओकीमा निःशुल्क रुपमा पनि सेवा प्रदान गरिन्छ। ती काराओकीहरुको व्यापार निकै राम्रो देखिन्छ। केही प्रसिद्ध काराओकीमा गीत गाउनका लागि बुकिङ्ग गर्नुपर्छ।
वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः "तिमीलाई सबभन्दा मन पर्ने गायक-गायिका को-को हुन" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?
दयारामः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali Service ,CRI -6,China Radio International,PO Box- 4216, Beijing PR China 4216, वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पनि पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।