नेपाली

पाठ पैंतीस

criPublished: 2014-01-28 14:14:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः च्यौ ख यी।

कमलः "श्यौ यी श्या च्यौ ख यी ल", "अलिकित मिलाएर काट्नुभए कुन्छ"

कमलः अहिले धेरै केटीहरुले आफ्नो कपाल फरक-फरक रंगले रंगाउन मन पराउँछन। किनभने यसले गर्दा तिनीहरुको अनुहारको रंग झन आकर्षक देखिन्छ अथवा त्यसो गरेमा उनिहरु आफूलाई झन आधुनिक सम्झन्छन। त्यसैले तिनीहरुले कपाल रंगाउन चाहेमा हजामलाई कसरी भन्ने नि?

वर्षाः तपाईं यसरी भन्न सक्नुहुन्छ- वो श्याँग रान थौ फा।

कमलः वो श्याँग रान थौ फा।

वर्षाः "रान्", "रंगाउनु"।

कमलः रान्।

वर्षाः "थौ फा", "कपाल"।

कमलः थौ फा।

कः चोंग स चन मो याँग

कमलः अघिको वार्तालापमा मैले "चोंग स" भन्ने शब्द सुनेको छु।

वर्षाः हो। चिनियाँ भाषामा रंगको कुरा गर्दा हामी सबभन्दा पहिले रंग जनाउने एउटा विशेषणको प्रयोग गर्छौं अनि त्यसपछि रंगको उच्चारण "स" भन्नुपर्छ। जस्तै भनौं, पाई स अर्थात सेतो रंग, है स अर्थात कालो रंग। चिनियाँ भाषामा अंग्रेजी भाषाको जस्तो होइन, अंग्रेजी भाषामा "वाइट" भनेपछि सेतो रंग भन्ने बुझिन्छ। त्यसैले कमलजी पनि कहिलेकाहीं अल्मलिनुहुन्छ कि, किन चिनियाँहरु अंग्रेजी बोल्दा "वाइट कलर" भन्ने गर्छन। वास्तवमा "वाइट" मात्र भने पुगिहाल्छ।

कमलः ए, मैले थाहा पाएँ। पाई स, हे स।

वर्षाः तर यदि रंग जनाउने शब्दको संज्ञाको अगाडि प्रयोग गरिने हो भने त्यसलाई प्रत्यक्ष विशेषणको रुपमा प्रयोग गर्नसकिन्छ। जस्तै रातो झण्डा अर्थात होंग छी, ल्यू शु अर्थात हरियो रुख आदि।

कमलः होंग छी, ल्यू शु।

वर्षाः धेरै राम्रो।

कमलः कपाल काट्ने सन्दर्भमा हाम्रो कुराकानीलाई जारी राखौं। वर्षाजी, कहिलेकाहीं मलाई उनीहरु मेरो कपाल धेरै छोटो पारेर काटिदिने हुन कि भन्ने चिन्ता लाग्छ। म उनीहरुलाई 'धेरै छोटो नपारिदिनुहोस है' भन्नचाहन्छु भने यो कुरा कसरी भन्ने?

वर्षाः तपाईं यसरी भन्नसक्नुहुन्छ- पे चेन थाई तुआन ल।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn