नेपाली

पाठ अठाइस

criPublished: 2014-01-28 14:07:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

महिलाः ना श् अर हाउ त नी?

पुरुषः श् अर हाउ त हाई यौ।

वार्तालाप दुइ

पुरुष-महिलाः ताउ ल कै वो मन ता तेन व्हा।

महिलाः वो व्है त।

वार्तालाप तीन

महिलाः व्हो ठ्र च्यौ याउ खाई ल, नी मन ख्वाई श्या छ्यु पा।

पुरुष-महिलाः यी लु फिंग आन।

वार्तालाप चार

महिलाः छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

पुरुषः पा हाउ ठ्र श्याँग।

कमलः भर्खरै हामीले सबै वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

चीनमा चाडबाडमा होस्, विदाको दिन होस् वा सामान्य दिनमा नाता-कुटुम्बहरु र साथीहरु सँगै भेला हुँदा सधैं नै होटेल वा रेष्टुराँमा खाना खान जाने चलन छ। सबै मानिसहरु विभिन्न किसिमका मीठा र स्वादिला परिकार राखिएको गोलाकार टेबुल वरिपरि बसेर आफूलाई मन पर्ने तरकारी खानेगर्छन। सम्मान भाव व्यक्त गर्नका लागि पाहुनालाई आतिथ्ययले प्रायजसो तरकारी निकालेर अतिथिको भाँडामा राखिदिने चलन छ। पहिले मानिसहरुले प्रायजसो आफूले प्रयोग गरिरहेको चप्स्टिकद्बारा पाहुनालाई तरकारी झिकेर दिनेगर्थे। तर अहिले मानिसले सार्वजनिक चप्स्टिकको प्रयोग गर्नथालेका छन। तर जे भए पनि अरुलाई तरकारी झिकेर दिने तरिका पश्चिमी संसारभन्दा धेरै फरक छ। पश्चिमी खानाको हकमा प्रायजसो अलग-अलग खाने चलन छ। साथै सबभन्दा पहिले सुप खुवाउने अनि त्यसपछि तरकारी मात्र ल्याउने चलन छ। तर अधिकांश चिनियाँ खाना खाँदा सबभन्दा पहिले तरकारी ल्याउने अनि त्यसपछि भात र रोटी जस्ता खानेकुरा ल्याउने र आखिरमा सुप र फलफुल ल्याउने चलन छ।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "शुभ यात्रा।" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।

वर्षाः नमस्कार

कमलः चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn