पाठ बाउन्न
यौ मै यौ पान ठ्र?
मै थेन चि तेन चे सुंग?
तुआन ऊ चे वो मन फांग च्या सान थेन।
ट्र ट्राँग ह खा सुंग कै निन।
वर्षाः आज हामीले विद्यालयका केही बिषयबारे सिकौं।
दयारामः रमाइलो सुनिन्छ। हामी शिशु-गृहदेखि सिकौं। उदाहरणका लागि, म एउटा बालकको बुबा हुँ र तपाईं शिशु-गृहका गुरु हुनुहुन्छ।
वर्षाः हुन्छ।
दयारामः मैले सबैभन्दा ठूलो महत्व दिएको कुरा भनेको तपाईंको शिशु-गृहमा स्कुल बस छ कि?
वर्षाः तपाईंले "यौ मै यौ पान ठ्र" भन्ने वाक्य सोध्नसक्नुहुन्छ।
वर्षाः "यौ" भनेको छ।
दयारामः यौ।
वर्षाः मै यौ, छैन।
दयारामः मै यौ।
वर्षाः पान ठ्र , स्कुल गाडि वा अफिस गाडी।
वर्षाः यौ मै यौ पान ठ्र ? अफिस गाडीको सुविधा छ कि?
वर्षाः यौ मै यौ, छ कि छैन।
दयारामः यौ मै यौ।
वर्षाः पान ठ्र , स्कुल वा अफिस बस।
दयारामः पान ठ्र ।
वर्षाः यौ मै यौ पान ठ्र? अफिस बस छ कि?
दयारामः यौ मै यौ पान ठ्र?
दयारामः हरेक दिनमा कहिले छोराछोरीलाई यहाँ पुर्याउने र कहिले यहाँबाट फिर्ता लिने प्रश्नबारे चिनियाँ भाषामा कसरी सोध्ने?
वर्षाः तपाईंले यसरी सोध्नसक्नुहुन्छः मै थेन चि तेन चे सुंग?
दयारामः मै थेन चि तेन चे सुंग?
वर्षाः चि तेन, कति बजे
वर्षाः चे सुंग, फिर्ता लिनु र पुर्याउंनु।
वार्तालाप दुई
वर्षाः मै थेन, हरेक दिन।
दयारामः मै थेन।
वर्षाः चि तेन, कति बजे।
दयारामः चि तेन।
वर्षाः चे सुंग, फिर्ता लिनु र पुर्याउनु।
दयारामः चे सुंग।
वर्षाः "मै थेन चि तेन चे सुंग?" हरेक दिन कहिले यहाँ पुर्याउने र यहाँबाट फिर्ता लिने?
दयारामः मै थेन चि तेन चे सुंग।
वर्षाः तपाईंले थाहा पाउनुभयो होला। चीनको परम्परागत चाड तुआन ऊ चाडका अवधिमा हाम्रो तीन दिनको बिदा छ।
दयारामः ओहो। राम्रो छ। यो कुरा चिनियाँ भाषामा कसरी भनिन्छ।