नेपाली

पाठ उनान्चालिस

criPublished: 2014-01-28 14:18:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः सबैलाई नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

कमलः नमस्कार। म कमल लम्सालको पनि।

वर्षाः आजको पाठमा हामी सर्वप्रथम गत पाठमा सिकेका विषयको पुनरावलोकन गर्छौं र त्यसपछि बैंकमा पैसा संचय गर्ने र झिक्ने विषयबारे केही उपयोगी वाक्य सिक्नेछौं।

कमलः राम्रो छ।

वर्षाः म घर सर्नका लागि एउटा गाडी बुक गर्न चाहन्छुलाई चिनियाँ भाषामा कसरी भन्ने? तपाईंलाई थाहा छ कि?

कमलः "वो याउ तिंग यि ल्यांग पान च्या त छ"। ठीक छ कि?

वर्षाः ठीक छ। 'पान च्या त छ' भनेको "घर सर्ने गाडी"।

कमलः पान च्या त छ।

वर्षाः "तपाईंलाई कुन दिनका लागि गाडी चाहिन्छ?" निन ना थेन युंग ठ्?

कमलः निन ना थेन युंग ठ्?

वर्षाः ना थेन, कुन तारिख।

कमलः ना थेन

वर्षाः "निन नंग फाई चि क रन लाई?" तपाईं कतिजना मानिसलाई पठाउन सक्नुहुन्छ?

कमलः निन नंग फाई चि क रन लाई?

वर्षाः फाई, पठाउनु।

कमलः फाई।

वर्षाः "निन ट्रु चि छंग?" तपाईं कुन तलामा बस्नुहुन्छ?

कमलः निन ट्रुचि छंग?

वर्षाः "पा क्वै ट्रुंग उ फिन फांग हाउ", मूल्यवान बस्तुलाई राम्ररी राख्नोस।

कमलः पा क्वै ट्रुंग उ फिन फांग हाउ।

वर्षाः क्वै ट्रुंग उ फिन, मूल्यवान वस्तु।

कमलः क्वै ट्रुंग उ फिन।

वर्षाः "वो पा सो यौ उ फिन तौ फांग चाई ट्र श्याँग च् लि," मैले सबै सामान यस कार्टुनमा राखेको छु।

कमलः वो पा सो यौ उ फिन तौ फांग चाई ट्र श्याँग च् लि।

वर्षाः सौ यौ उ फिन, सबै सामान।

कमलः सो यौ उ फिन।

वर्षाः अब गत पाठका सम्पूर्ण वार्तालाप सुनौं

कः वो याउ तिंग यि ल्यांग पान च्या त ठ्।

खः निन ना थेन युंग ठ्?

कः ट्र क शिंग छि लीउ शांग उ।

कः निन त तुंग शी तो मा?

खः पु शाउ। निन नंग फाई चि क रन लाई?

कः स् क पा।

वार्तालाप तीन्

कः छिंग वन, निन ट्रु चि छंग?

खः वो ट्रु लीउ छंग।

1234全文共 4 页下一页

Share this story on

Messenger Pinterest LinkedIn