नेपाली

भियतनामकी केटी ऊ शह्वैका आँखामा अध्ययन गर्न चीन जानु एक सपना

CRIPublished: 2023-10-27 09:11:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको सँस्कृतिलाई माया गरेका कारण ऊ शह्वैले चिनियाँ भाषा र साहित्य विषयको छनौट गरेकी छिन्। चिनियाँ जन विश्वविद्यालयअन्तर्गत चिनियाँ प्राचीन सभ्यता प्रतिष्ठानमा उनले चिनियाँ परम्परागत भाषा, प्राचीन कालको संगीतको अध्ययन गर्ने छिन्। पैचिङप्रति ऊ शह्वैको अनौठो महसुस छैन। पर्यटकको हैसियतमा उनी पैचिङको अवलोकन गर्न गइन्। आगामी चार वर्षमा उनले पैचिङको परम्परगत खाजा चाख्ने, पुरानो गल्ली र दीर्घकालीन इतिहास र सँस्कृतिको अनुभव गर्ने समय छ। ऊ शह्वै भन्छिन् “मैले खास गरी पैचिङको छनौट गरें किनभने मेरो विचारमा चिनियाँ भाषाका अध्ययनकर्ताका लागि पैचिङ उत्तम छनौट हो। आगामी दिनमा म चीनमा अध्ययनरत जीवनको प्रतिक्षामा छु। मैले फरक दृष्टिकोणबाट पैचिङको जीवनको अनुभव गर्ने आशा लिएकी छु। आगामी चार वर्षमा मैले गुरूको निर्देशनमा अध्ययन गर्ने, चीनसम्बन्धी उत्कृष्ट सामग्री पढ्ने, मेरो अध्ययन क्षेत्रलाई विस्तार गर्ने छु।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn