नेपाली

भियतनामकी केटी ऊ शह्वैका आँखामा अध्ययन गर्न चीन जानु एक सपना

CRIPublished: 2023-10-27 09:11:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विदेशी युवायुवतीहरूले अध्ययन गर्न आफ्नो देशबाट पुरानो र जीवन्त शक्ति रहेको चीनतर्फ गए।

“मेरो नाम ऊ शह्वै हो। म भियतनामबाट आएँकी हुँ। म चिनियाँ जन विश्वविद्यालयका पीएचडी पहिलो वर्षको विद्यार्थी हुँ।”

भियतनामकी केटी ऊ शह्वै चालू वर्ष चिनियाँ जन विश्वविद्यालयअन्तर्गत चिनियाँ प्राचीन सभ्यता प्रतिष्ठानको भाषा विषयमा भर्ना भइन् र पीएचडी पहिलो वर्षको विद्यार्थी बनिन्। ऊ शह्वै चिनियाँ भाषा फरर बोल्न सक्छिन्। उनको विचारमा पहिले पुस्तकबाट थाहा पाएको चीन उनले देखेको चीन र अनुभव गरेको चीनसित समान छ र फरक पनि छ। पुस्तकबाट केही पृष्ठभूमिबारे जानकारी पाए तापनि चीनमा रहँदा उनले चीन एक खुला, समावेशी, जीवन्त शक्ति रहेको मुलुक भएको महसुस गरेकी छन्। उनी भन्छिन्

“म चीन आउँदा चीनको इतिहास र सँस्कृति अनि यहाँका मानिसहरूको अनुभव गरेँ। यहाँका शिक्षक शिक्षिकाहरू र सहपाठीहरूले मलाई धेरै हेरचाह गरेका छन्। म विदेशमा बसेकी छु तर मलाई खुशी लाग्यो। चिनियाँहरूप्रति मेरो मनमा राम्रो छाप परेको छ। चीनको दृश्य पनि टेलिभिजनमा हेरेको जस्तै छ र निकै सुन्दर छ।”

हाल चीनले अझै धेरै विदेशी विद्यार्थीहरुलाई अध्ययन गर्न आकर्षित गरेको छ। ऊ शह्वैकाअनुसार, चीनको निरन्तर आर्थिक बृद्धि र वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनले विदेशी विद्यार्थीहरूका लागि सिक्ने र विकासको प्रशस्त मौका उपलब्ध गराएको छ। यो भियतनामका युवायुवतीहरूका लागि शक्तिशाली आकर्षण शक्ति रहेको छ। उनी भन्छिन् “मैले अध्ययन गर्न चीन छनौट गर्नुको कारण मैले चिनियाँ भाषा र चीनको सँस्कृतिलाई माया गर्नु हो। अध्ययन गर्न चीन जानु म र मेरो सहपाठीहरूको सपना र लक्ष्य हो। चीनप्रति मेरो गहिरो भावना छ। अध्ययन गर्न चीन जाने अठोट बलियो भएको छ। चालू वर्ष मैले गरेको सबैभन्दा राम्रो छनौट हुने विश्वास मैले लिएको छु।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn