नेपाली

लाओसकी विद्यार्थी वाङ वैद्वारा चीन-लाओस रेलमार्गमार्फत् आफ्नो सपना पूरा

criPublished: 2023-01-09 10:03:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मैले रेलबाट सि श्वाङ पान ना र फु र घुमेकी थिएँ। चीन-लाओस रेलमार्गको संचालनपछि ‌त्यहाँ घुम्न सजिलो भयो। पहिलो पटक मैले सि श्वाङ पान ना घुम्दा चीन-लाओस रेलमार्गको संचालन भर्खरै भएको थियो, त्यसैले रेलमा धेरै यात्रुहरु थिएनन्। तथापि एक वर्षपछि धेरै मानिसहरुले सि श्वाङ पान ना र फु रको यात्रा गरेका देखेँ। उनीहरुले चीन-लाओस रेलमार्गको संचालनपछि उनीहरुको व्यापार पनि राम्रो भएको बताए।

वाङ वैले छायाङ्कन गरेका भिडियोहरुले लाओस, थाइल्याण्ड र भियतनामका धेरै इन्टनेर प्रयोगकर्ताहरुलाई आकर्षण गरेका छन्।

उनीहरुले मेरो भिडियो हेरेपछि मलाई सोधे, यहाँ कहाँ हो? कहिले चीन-लाओस रेलमार्गबाट चीनको यात्रा गर्न सकिने छ?

इन्टरनेट प्रयोगकर्ताहरुसँगको कुराकानीको क्रममा वाङ वैको सपना पनि स्पष्ट हुँदै आएको छ। जुन लाओस र चीनको पर्यटन क्षेत्र बीचको सहयोगका लागि प्रयास गर्नु हो।

एक वर्षपछि म स्नातक हुने छु। मैले खुन मिङ र युन नानका अरु शहरमा रहेका केही पर्यटन कम्पनीहरूसँग सहयोग खोजेकी छु। भविष्यमा पर्यटन सम्बन्धी काम गर्ने योजना छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn