नेपाली

लाओसकी विद्यार्थी वाङ वैद्वारा चीन-लाओस रेलमार्गमार्फत् आफ्नो सपना पूरा

criPublished: 2023-01-09 10:03:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तपाईँको विचारमा एउटा रेलमार्गको अर्थ के हो? सामान्य व्यक्तिका लागि त्यो यात्रा गर्ने एउटा तरिका मात्र हुन सक्छ, तथापि चीनमा अध्ययनरत् लाओसकी विद्यार्थी वाङ वैका लागि त्यो आफ्नो कल्पना र अरु उज्यालो जीवन हो।

मेरो नाम वाङ वै हो। लाओसको भाषामा मेरो नाम खामफिलोम भानाफोन हो। अहिले म खुन मिङ क्याम्पसमा पढ्दै छु। म चीन आएको ३ वर्ष भइसक्यो।

३१ वर्षीय वाङ वैको जन्म लाओसको भिएनटिआनमा भएको थियो। अहिले उनी खुन मिङ क्याम्पसमा पर्यटन व्यवस्थापनको विषय पढ्दै छिन्। दुई वर्षअघि लाओसको भिएनटिआन र चीनको युन नान जोडिने चीन-लाओस रेलमार्गको संचालन हुन लागेको खबर पाएपछि आमाको जिज्ञासा र चाहनामा उनी चीनमा पढ्न आएकी हुन्।

सन् २०१९ मा मेरी आमाले चीन र लाओस बीच चीन-लाओस रेलमार्गको संचालन हुने कुरा सुन्नुभएको रहेछ। जुन एउटा राम्रो अवसर हुने उहाँलाई लाग्यो। चीन-लाओस रेलमार्गको संचालनपछि लाओसको पर्यटनको विकासलाई अवश्य नै अघि बढाउने उहाँको विश्वास थियो।

वाङ वैका लागि चीनमा पढ्ने अर्थ आमाको इच्छा पूरा गर्नुका साथै आफ्नो जीवनको परिवर्तन गर्ने छनौट पनि हो। चीनमा आउँदा उनलाई एउटा चिनियाँ वाक्य पनि बोल्न आँउदैन थियो, तथापि यसले उनको अघि बढ्ने उत्साह रोकेको थिएन।

चिनियाँ भाषा जान्नुपर्ने मलाई लागेको थियो। किनभने पछि हाम्रो लाओस र चीन बीच धेरै सहयोग हुने मलाई लागेको थियो, त्यसैले चिनियाँ भाषा जानेपछि राम्रो अवसर हुने थियो। चीन आएपछि मेरो पहिलो लक्ष्य चिनियाँ भाषा सिक्नु थियो।

दुई वर्षपछि वाङ वै चिनियाँ भाषा सम्बन्धी पाँचौँ स्तरको परीक्षामा उतीर्ण भएकी थिइन्। यस अवधिमा उनले पहिलो पटक रेल चढेर युन नानका विभिन्न ठाउँ घुमेर क्यामरामार्फत चीनको ग्रामिण क्षेत्रमा रहेका सुन्दर दृश्य र भावपूर्वक कथा रेकर्ड गरी आफ्नो चीन बसाइको अनुभव र देखेको सुन्दर दृश्य विदेशी इन्टरनेट प्रयोगकर्ताहरुसम्म पुर्याएकी थिइन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn