थाइल्याण्डेली युवती थाई लुलुको चीन बसाइको कथा
वर्तमान नान निङमा भूमिगत रेल, शेरिङ साइकल, थाइल्याण्डसम्म सिधा उडान पनि छ। नान निङको सम्पूर्ण वातावरण थप सुविधाजनक र अन्तर्राष्ट्रियकरण भएको छ।
सन् २०२० मा कोरोना महामारीको प्रभावमा थाई लुलुले प्रत्यक्ष प्रसारणमार्फत अनलाइनमा विद्यार्थीहरुलाई पढाउन थालिन्। यसका साथै महामारीको पृष्ठभूमिमा परम्परागत अन्तर्राष्ट्रिय व्यापार गम्भिर रुपमा ठप्प भए तापनि प्रत्यक्ष प्रसारणले बजारलाई प्रेरक शक्ति दिएको उनले थाहा पाइन्।
सन् २०२१ मा थाई लुलु र उनका साथीहरूले थाइल्याण्डको दुरियान विक्री गर्न एक पटक प्रत्यक्ष प्रसारण गरिन् र ठूलो सफलता प्राप्त गरिन्। जसबाट चीनमा “प्रत्यक्ष प्रसारण” को अवसर उनले अनुभव गर्न पाइन्।
चिनियाँ बजार विशाल छ। संचालकले सम्बन्धित उत्पादक वस्तुको जानकारी दिने तरिका धेरै चिनियाँहरु स्वीकार गर्छन्। त्यसैले चीनमा उत्पादन वस्तुको राम्रोसँग विक्री गर्नसकिन्छ।
आशियान र चीन बीचको इ-व्यापारको भविष्य उज्वल हुने विश्वास लिएको कारण थाई लुलुले दुरियान सम्बन्धी आफ्नो मार्का सिर्जना गरेकी छिन्। आफ्नो व्यवहारमार्फत थाइल्याण्डका व्यवसायीहरुले चिनियाँ बजारबारे अरु बढी जानकारी लिएर विकासको नयाँ अवसर समात्नसक्ने उनले आशा गरेकी छिन्।
उदाहरणका लागि चीन र आशियान बीच क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। हामी बीच भूमिगत बाटो मात्र नभई रेलमार्ग पनि हुनेछ। जुन इ-व्यापार र अन्तर्देशीय व्यापारका लागि उपयोगी हुनेछ।
चालू वर्ष चीन र थाइल्याण्ड बीच सर्वतोमुखी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको १० औँ वार्षिकोत्सव हो। यस अवसरमा थाई लुलुले निर्माणाधिन थाइल्याण्ड-चीन रेलमार्ग चाँडै संचालनमा आउनसक्ने आशा गरेकी छिन्।