नेपाली

थाइल्याण्डेली युवती थाई लुलुको चीन बसाइको कथा

criPublished: 2022-10-17 09:20:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

थाइल्याण्डकी युवती थाई लुलु सन् २०१० देखि चीनमा बस्दैआएकी छिन्। विगत केही वर्षयता उनले अन्तर्राष्ट्रिय इ-व्यापारको सुअवसर छोपेर गतिशिलताका साथ स्वरोजगारी गर्दै आएकी छिन्। उनले चीनको विकासबाट फाइदा प्राप्त गर्नुका साथै चीनमा आफ्नो सपना पूरा गरेकी छिन्।

हिजोआज थाई लुलु साथीहरुसँग मिलेर संचालित दुरियान व्यापारमा व्यस्त छिन्। उनको टोलीका सदस्यहरुको निश्चित जिम्मेवारी छन्। कोहीले थाइल्याण्डका आपूर्तिकर्ता किसानहरुसँग सम्पर्क गर्छन् भने कोहीले चीनमा दुरियान बेच्छन्। दुरियान बेच्नका लागि उनीहरुले “प्रत्यक्ष प्रसारण” भन्ने तरिकालाई प्राथमिकता दिएका छन्।

सन् २०१० मा थाई लुलुले चीन सरकारको छात्रवृत्ति प्राप्त गरेपछि नान निङमा अवस्थित क्वाङ सी विश्वविद्यालयमा अध्ययन गर्न थालेकी थिइन्। उनले स्नातकोत्तर डिग्री र डाक्टर डिग्रीसमेत प्राप्त गरेकी छिन्। त्यसपछि उनी क्वाङ सी विश्वविद्यालयमा शिक्षिका बन्नुका साथै चीन-आशियान अर्थतन्त्रको अध्येता भइन्। चीन आउनु कारणको चर्चा गर्दा उनले आफ्ना बुवालाई धन्यवाद दिन चाहिन्,

त्यस बेला मेरा बुवा चीनबाट फर्कनुभएको थियो। उहाँले भविष्यमा चीन र आशियान बीचको सम्बन्ध अरु घनिष्ठ हुने मलाई बताउनुभयो। उहाँले मलाई चीनमा अध्ययन गर्न पठाउने इच्छा व्यक्त गर्नुभयो।

थाई लुलु चीनमा आएपछि नान निङमा मात्र ६ पटक चीन-आशियान एक्स्पो आयोजना भएको छ। चीन र आशियान बीच विभिन्न क्षेत्रमा रहेको सहयोग निरन्तर रुपमा गहन हुँदै आएको परिप्रेक्षमा आशियानका अरु बढी मानिसहरु नाङ निङमा काम गर्न अथवा पढ्न आएका छन्। नाङ निङको छिटो विकास र सुविधाजनक जीवनबारे चर्चा गर्दै उनी भन्छिन्,

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn