नेपाली

चीनमा जोर्डनका चिकित्सा पीएचडी मोहम्मदको जीवन

criPublished: 2022-09-09 09:31:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जोर्डनका युवा मोहम्मद अबुहार्बले चीनमा अध्ययन गरेर जीवन बिताएको दश वर्ष भइसक्यो। जोर्डनको अम्मानबाट चीनको पैचिङ आएका मोहम्मद एक गरिब परिवारका छोराबाट हुर्केर कार्डियोभास्कुलर शल्य चिकित्साका पीएचडी बनेका छन्। चीनले उनलाई हुर्काएको, चीन आउनु उनको सबैभन्दा ठीक छनौट भएको कुरा उनले बताए।

विरामी हेर्न वार्ड जानु, रोगको मामिला, टिप्पणी लेख्नु, बाह्यरोग सेवा दिनु, शल्यक्रिया गर्नु मोहम्मदको दैनिक कार्य हुन्। पैचिङ नगरपालिकाको छाउयाङ क्षेत्रस्थित राजधानी चिकित्सा विश्वविद्यालयको मातहत पैचिङ आनचन अस्पतालमा प्रतिदिन मोहम्मद निकै व्यस्त हुन्छन्। उनी भन्छन् “चीन आउनु एक ठीक छनौट हो। चीनले मलाई हुर्काएको छ। चीनमा मेरो सपना साकार भएको छ। म चीनप्रति आभारी छु।”

चालू वर्ष तीस वर्षीय मोहम्मद जोर्डनको राजधानी अम्मानमा जन्मे। सानो उमेरमा उनको शारीरिक अवस्था कमजोर थियो। उनले सधैं नै एकजना उत्कृष्ट चिकित्सक बन्ने सपना पालेका थिए। आफ्नो सपनाका लागि उनले पढ्नुका साथै जीविकोपार्जन गर्ने काम गरेका थिए। उच्च माध्यमिक विद्यालयबाट स्नातक हुँदा उनले अध्ययन गर्न चीन जाने मौका पाएका थिए। उनले नानछाङ विश्वविद्यालयमा चीन अध्ययनको बाटो थालेका थिए। उनी भन्छन् “चीन सुरक्षित छ। चिनियाँहरू शान्तिपूर्ण र मायालु छन्। चिनियाँहरू मैत्रीपूर्ण छन्। चीनको सँस्कृति निकै गहिरो छ। चीनको आर्थिक विकास राम्रो बन्दैछ। चीनको वातावरण विदेशी विद्यार्थीले अध्ययन गर्न उपयोगी छ। चीन आएपछि मेरो कल्पनाभन्दा चीन अझै राम्रो भएको मैले देखेँ।”

चीनको वातावरणमा घुलमिल हुनका लागि मोहम्मदले चिनियाँ भाषा सिक्न प्रयास गरेका थिए। छिटो रुपमा उनले चिनियाँ भाषा स्तरको परीक्षा पास गरेका थिए। चिनियाँ प्राध्यापकहरूले उनको प्रयास हेर्नुभयो। प्राध्यापकहरूले शल्यक्रियाको अनुभव सिकाउनुभयो। मोहम्मदले विरामीलाई उपचार दिने सपना अझै बलियो बनेको छ। उनी भन्छन्

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn