चिनियाँ वाइनलाई विश्वमा प्रचार गर्ने फ्रान्सेली युवती
तीन वर्षअघि निङ स्याको ह लान शान पहाडबाट पूर्वतर्फ वाइन उद्योगको विकासले छन् स्यान नीको ध्यान तानेको थियो। त्यस लगत्तै उनी बिना कुनै हिचकिचाहट निङ स्या आएर यहाँको वाइन उत्पादन टोलीमा भाग लिएकी थिइन्। विदेशी वाइन चीनमा ल्याएर प्रचार प्रसारदेखि चीनको निङ स्याको वाइन विदेशी बजारमा प्रचार प्रसारसम्म उनले राम्रो सोच-विचार गरेकी छिन्।
चीनका लागि योगदान पुर्याउनुका साथै एउटा नयाँ फार्मको विकासमा भाग लिन पाएको कुरा एउटा धेरै राम्रो अवसर हो भन्ने मलाई लाग्छ।
यहाँ आएदेखि छन् स्यान नीले धेरै मेहनतसँग काम गर्दै आएकी छिन्। साथै यो काम उनका लागि एउटा आनन्ददायी कुरा पनि हो।
म एक जना भाग्यशाली मान्छे हुँ। मेरो काम मेरो रूचिको विषय पनि हो। त्यसैले हरेक दिन काम गर्दा मलाई थकाई लाग्दैन।
अहिले छन् स्या नीको सबैभन्दा ठूलो सपना चिनियाँ वाइनलाई विश्वमा प्रचार प्रसार गर्नु हो। उनले निङ स्याको वाइन उद्योगको विकासप्रति पूर्ण विश्वास लिएकी छिन्।
निङ स्याको वाइन उद्योगको विकासको ठूलो निहित शक्ति छ। अहिले यहाँ उत्पादित वाइनको गुणस्तर निकै उच्च छ र विश्वका सबैभन्दा उत्कृष्ट उत्पादन क्षेत्रको वाइनको गुणस्तर बराबर पुगेको छ। भावि केही वर्षमा यहाँ विशाल परिवर्तन हुने छ भन्ने मेरो आशा छ।