नेपाली

चिनियाँ वाइनलाई विश्वमा प्रचार गर्ने फ्रान्सेली युवती

criPublished: 2022-09-05 09:20:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको उत्तर-पश्चिमी भागमा अवस्थित निङ स्या ह्वै जातीय स्वायत्त प्रदेशमा एक फ्रान्सेली युवती बस्छिन्। उनको जन्म फ्रान्सको प्रसिद्ध वाइन उत्पादन हुने क्षेत्र बर्गन्दीमा भएको थियो। उनको सबैभन्दा ठूलो सपना निङ स्यामा उत्पादित गुणस्तरीय वाइनको विश्वमा प्रचार प्रसार गर्नु हो।

निङ स्याको सदरमुकाम यिन छुआनबाट दक्षिणतर्फ गाडीमार्फत एक घण्टा यात्रा गरेपछि एउटा वाइन फार्म आउँछ। यो नै फ्रान्सेली युवती छन् स्यान नी काम गर्ने ठाउँ हो।

मलाई हाम्रो वाइनको प्याकेज धेरै मन पर्छ, किनभने त्यसले चीनको सुङ वंशका ह्वै चुङ सम्राटको एउटा चित्रको प्रयोग गरेको छ।

छन् स्यान नी यस वाइन फार्मकी विश्व मार्कादूत हुन्। उनले राम्रो चिनियाँ भाषामार्फत यहाँको अवलोकन गर्न आएका पाहुनाहरुलाई यस वाइन फार्मले पछिल्लो समयमा उत्पादन गरेको एउटा चिनियाँ विशेषतायुक्त वाइनको जानकारी दिँदै छिन्।

वाइन पनि एक किसिमको भाषा हो। हामीले बोल्ने भाषाभन्दा फरक रहे तापनि वाइनमार्फत सजिलैसँग साथी बनाउनसक्छौँ।

फ्रान्सको प्रसिद्ध बर्गन्दीमा जन्मेकी छन् स्यान नी वाइनको सुगन्धमय वातावरणमा हुर्केकी थिइन्। उनले वाइन उद्योग र वाइनको संस्कृतिबारे धेरै जानकारी लिएकी छिन्। फ्रान्सको विश्वविद्यालयमा पढ्दा उनले चिनियाँ भाषालाई मुख्य विषय छानेकी थिइन् र एक वर्ष चीनको स छ्वान विश्वविद्यालयमा पढ्ने अवसर पनि पाएकी थिइन्। फ्रान्स फर्किएपछि फेरि पनि चीन आउने उनको सपना बनेको थियो। सन् २०११ मा स्नातकोत्तर डिग्री पाएपछि उनी फेरि चीन आएर फ्रान्सको एसियाली क्षेत्रका लागि फ्रान्सको वाइन फार्मकी प्रतिनिधि बनेकी थिइन्।

मलाई चीन धेरै मन पर्छ, साथै वाइन पनि धेरै मन पर्छ। साथै मैले कसरी चीनका लागि योगदान पुर्‍याउनसक्छु भन्ने नै सधैँ सोच्ने गर्दछु।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn