#अल्पसंख्यक जाति# सगरमाथाको आरोहण कथा-3
सन् १९५६ अप्रिलदेखि एक वर्षमा लिउ ल्यानमानले चीनको थाइबाइ पहाड, मुस्ताक शिखर, कुङका पहाड र यूरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रसको आरोहण गरेका थिए।
केही वर्षमा उनी दशौंपटक मृत्यु नजीक पुगेका थिए। यसपटक सगरमाथाको आरोहणमा पनि। त्यसैले लिउ ल्यानमानले ताराको उज्यालोबाट नोटबुकमा रूपमा लेखेका थिए-
कमरेड वाङ फूचौ,
पार्टी र मातृभूमिले मलाई दिएको कठीन कार्य मैले पूरा गरेको छैन। उक्त कार्यभार तिमी तीनजनालाई सुम्पिन्छु। मेरो सिलिन्डरमा अलिकति अक्सिजन बाँकी छ। तिमी तीनजना सफलताका साथ फर्कँदा प्रयोग गरौला। उपयोगी होला।
तिम्रो कमरेड लिउ ल्यानमान
लेखेपछि लिउले उक्त पाना च्यातेर पन्जाभित्र राखेका थिए। उनले सिलिन्डर बन्द गरेर आँखा पनि बन्द गरेका थिए।