नेपाली

#अल्पसंख्यक जाति# सगरमाथाको आरोहण कथा-3

criPublished: 2021-08-31 16:38:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् १९६० मे २४ तारिख चिनियाँ पर्वतारोहण टोलीका चार सदस्य वाङ फुचौ, कुङबु, छ्यु यिनह्वा र लिउ ल्यानमानले सगरमाथाको आरोहण गर्न अन्तिम प्रयास गरेका थिए। लिउ ल्यानमानले मानिसलाई टेकेर सिँढी बनाउने तरिकामार्फत अरू तीनजना साथीहरूलाई ठाडो चट्टानमाथि पठाए।

तर लिउलाई ज्यादै थकाइ लाग्यो। त्यसपछि तीन जनाले चट्टानबाट डोरी तल झारेका थिए। लिउले डोरी आफ्नो कम्मरमा बाँधेका थिए। उनीहरूले लिउलाई चट्टानमाथि ताने।

त्यसपछि अँध्यारोमा लिउ ल्यानमानको पछि पछि अरू तीन जना निरन्तर अगाडि गएका थिए। अकस्मात् अगाडि आरोहण गर्ने लिउ ल्यानमान बेहोश भए। उनको अनुहार सेतो र ओठ बैजनी रंगको देखियो।

साथीहरूको आग्रहमा लिउ ल्यानमानले आँखा खोलेर ज्यादै कमजोर रूपमा भन्थे

“म सक्दिन, सक्दिन। तिमीहरू मलाई छोडेर निरन्तर अगाडि जाओ।”तीनजनाले लिउ ल्यानमानलाई हावा बहेतर्फको ढुंगा नजिकै बोकेर सुत्ने झोलाभित्र राम्ररी राखेर शिखरतर्फ निरन्तर गए।

त्यसका साथै लिउ ल्यानमानले ढुंगा नजिकै पल्टदै दिमागमा आफ्नो अनुभव दोहोर्याए।

बाल्यकालमा उनका बुवाको मृत्यु भयो। आमाले एउटा मात्रै भाँचिएको रजाई सिरक र लिउलाई लिएर विभिन्न शहर-बस्ती र गाउँमा भीख मागेकी थिइन्। यो लिउ ल्यानमानको जीवनको प्रारम्भ हो।

आमालाई हुर्काउनका लागि १३ वर्षीय लिउले गोरू-घोडाजस्तै धनीहरूको घरमा काम गर्नुपर्यो। तर उनीहरूको जीवन अझै पनि गरिबमै रहेको थियो। सन् १९४९ नयाँ चीनको स्थापनाअघिसम्म लिउ ल्यानमान गरिब रहे।

सन् १९५२ देखि १८ वर्षीय लिउ ल्यानमान हाअरबिन मोटर कारखानामा काम गर्नथालेका थिए। सन् १९५४ मा उनले आगो निभाउने तालिम लिएर कारखानामा फायरमेन बने। सन् १९५५ बलियो शरीर र फायरमेन शिल्पका कारणले उनी चिनियाँ पर्वतारोहण टोलीको एकजना सदस्यमा छानिएका थिए।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn