नेपाली

युङ शङ गाउँका सचिव को यी आङद्वारा गरिबी निवारण कार्य सम्पन्न भएपछि मात्र प्रेमिका खोज्ने

CRIPublished: 2020-08-07 10:14:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

को यी आङले "युङ शङ गाउँको नयाँ ढाँचा किसान तालिम योजना"को पनि तर्जुमा गरेका छन्। बेकर्स, हस्त बुनाइ, अर्गानिक सागसब्जीको रोपाइँ, ताजा फूलको रोपाइँआदि तालिम दिइएको छ। सात सय बाह्र जना किसानहरू तालिममा उत्तीर्ण भएका थिए।

सन् २०१८ मा को यी आङले गरिब वासिन्दा हौ चन फालाई हस्त बुनाइ सहकारीको स्थापना गर्न सहायता गरेका थिए। सन् २०१९ मा को यी आङले प्रत्यक्ष प्रसारणमार्फत उत्पादित-वस्तुको बिक्री गर्ने नयाँ ढाँचा प्रस्तुत गरेका छन्।

केही वर्षको प्रयासपछि युङ शङ गाउँ गरिबीबाट मुक्त भएको छ। गाउँमा विभिन्न व्यवसायको विकास भएको छ। स्थानीय वासिन्दाको आम्दानीमा वृद्धि भएको छ। वासिन्दाको गुणस्तर पनि माथि उकासिएको छ। गाउँको वातावरण पनि सुध्रिएको छ। हाल युङ शङ गाउँको अनुहार परिवर्तन भएको छ। फुर्सदमा गाउँले पनि विभिन्न गायन तथा नृत्य, अभिनय कार्यक्रमको आयोजना गर्ने गर्दछ।

को यो आङकाअनुसार, शहरमा बसेका उनका साथीहरूले हाल उनको गाउँको जीवन मन पराएका छन्। गाउँका ८३२ परिवारका ३२४१ जना वासिन्दा उनका साथी भएको बताउँछन्। चालू वर्ष २८ वर्षीय को यी आङको बिवाह भएको छैन र उनको प्रेमिका पनि छैन। हरेक दिन गाउँलेसँग मिलेर काम गर्ने क्रममा प्रेमिका खोज्ने मौका र समय नभएको बताए। गरिबी निवारण कार्य सम्पन्न भएपछि प्रेमिका खोज्ने योजना उनले बनाएका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn