युङ शङ गाउँका सचिव को यी आङद्वारा गरिबी निवारण कार्य सम्पन्न भएपछि मात्र प्रेमिका खोज्ने
को यी आङ सन् १९९० पछि जन्मेका हुन्। उनी ची लिन प्रान्तीय त व्है शहरको श्रम तथा सामाजिक सुनिश्चितता अनुगमन तथा जाँचबुझ कार्यालयका अनुगमन कर्मचारी हुन्। स्थानीय गरिबी निवारण कार्यमा सहयोग गर्न सन् २०१९ अप्रिल महिनामा उनले ची लिन प्रान्तीय त व्है शहरको युङ शङ गाउँको प्रथम सचिवको पद सम्हालेका थिए। को यी आङकाअनुसार, चालू वर्ष सुन्दर गाउँको निर्माण पूरा भएको छ। चीनको दक्षिणी क्षेत्रीय शैलीका आबासहरूको निर्माण गरिएको छ। समस्त गाउँमा कालोपत्रे सडक छ। हाल युङ शङ गाउँको सडकमा हिँड्दा चीनको दक्षिणी भागको एक गाउँमा हिँडेजस्तै छ। दुई वर्षअघि युङ शङ गाउँ यस्तो थिएन।
सन् २०१८ जनवरी महिनामा को यी आङले स्थानीय गरिबी निवारण कार्यलाई सहयोग गर्न युङ शङ गाउँ कार्य टोलीका सदस्यको हैसियतमा सामेल भइ युङ शङ गाउँमा गरिबी निवारण कार्य थालेका थिए। उनका अनुसार, त्यस अवधिमा गाउँमा कच्ची सडक मात्र थियो। पिछडिएको यातायात अवस्थाले गर्दा स्थानीय किसानहरूले कृषि उपज तुरुन्तै रुपमा बाहिर ढुवानी गर्न सक्दैन्थे।
युङ शङ गाउँ पुगेको शुरुको अवस्थामा को यी आङका आँखामा स्थानीय किसानहरूको आम्दानी अस्थिर थियो। गाउँको चिकित्सालयमा चिकित्सक, उपकरण, तथा औषधी थिएन। गाउँमा गरिबी निवारणका लागि व्यवसायहरू अपनाएको थिएन।
गरिब गाउँले गरिबीबाट मुक्त हुने इच्छा लिएमा सटीक लक्ष्यसहित गरिबी निवारण गर्न सम्भव छ। हरेक परिवारको वास्तविक अवस्थाबारे जानकारी लिनका लागि को यी आङ घरघर गएका थिए। गरिब वासिन्दासँग कुराकानी गरी उनीहरू गरिब बन्नुका कारण, परिवारका सदस्यहरू र जीवन अवस्थाबारे जानकारी लिएका थिए। यो आधारमा उनले "एकजना एक नीति"को सहायता कदमको तर्जुमा गरेका थिए। वास्तविक कार्यमा उनले देखे, गरिब परिवारहरू भौतिक रपमा मात्र गरिब नभई आध्यात्मिक गरिबी, विचारको गरिब, क्षमताको गरिब थिए। उनको विचारमा गरिब वासिन्दालाई गरिबी मुक्तिको विश्वास बढाउन मद्दत दिनुपर्छ, गरिब वासिन्दालाई गरिबीबाट मुक्त हुन र धनी बनाउन क्षमताका लागि मद्दत दिनुपर्छ। गरिब वासिन्दाको घरको भ्रमण गर्दा उनले गरिब वासिन्दालाई राष्ट्रिय गरिबी निवारणको महत्त्वपूर्ण अर्थ र नीतिबारे जानकारी दिने, उनीहरूलाई स्वतःगरिबीबाट मुक्त हुन प्रोत्साहन गर्ने गर्दछन्।