नेपाली

जन राजनीतिक परामर्शदातृ सम्मेलनकी सदस्य यु मैद्वारा चिनियाँ परम्परागत चिकित्सा विधिले विश्वमा फैलिएको महामारीको नियन्त्रण गर्नका लागि योगदान पुर्‍याउनसक्ने आशा

CRIPublished: 2020-06-29 10:21:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कोरोना भाइरस संक्रमितहरुसँग सम्पर्कमा रहेका संदिग्ध बिरामी र निश्चित बिरामीहरुलाई लक्षित गरी हामीले विशेषज्ञ टोलीको गठन गरी बिरामीहरुलाई चिनियाँ जडीबुटी औषधी सुझाएका थियौं। समष्टिगत रुपबाट हेर्दा चिनियाँ परम्परागत चिकित्सा विधिले उरूमुची शहरमा कोरोना भाइरसको प्रतिरोध र उपचार क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलेको छ।

हालसम्म सिन च्याङ युगुर स्वायत्त प्रदेशमा कोरोना भाइरसका संक्रमितहरुको संख्या मात्र ७६ जना रहेका छन्। गत फेब्रअरी १९ तारिखदेखि सिन च्याङमा नयाँ संक्रमित थपिएको छैन भने मार्च ९ तारिखमा सबै संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका थिए।

कोरोना भाइरस विश्वमा फैलिएको अवधिमा केही मुलुकहरुको मांगमा चीनले चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी विशेषज्ञहरुलाई ती मुलुकहरुमा पठाएको छ। चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी विशेषज्ञहरुले स्थानीय बासिन्दाहरुलाई चिनियाँ जडीबुटी औषधीबाट स्थानीय वातावरण बमोजिम बिरामीहरुको निदान तथा उपचार गरेका छन्। थाइल्याण्ड, इरान र जिम्बाब्वे लगायत दर्जनौं मुलुकहरुमा चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी विशेषज्ञहरु र चिनियाँ जडीबुटी औषधीले महामारीको प्रतिरोध तथा नियन्त्रणका लागि सक्रिय योगदान पुर्‍याएको छ।

यु मैका अनुसार, चिनियाँ परम्परागत चिकित्सा विधिको हजारौं वर्षको इतिहास छ, दुई हजार वर्षअघि चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी कृति-"पहेंलो सम्राटको आन्तरिक शास्त्र"मा सरुवा रोगबारे स्पष्टसँग व्याख्या गरिएको छ। हिजोआज चिनियाँ परम्परागत चिकित्सा विधि तथा पश्चिमी चिकित्सा विधिको सैद्धान्तिक आधार पूर्ण रुपमा फरक भएको हुनाले चिकित्साकर्मीहरुको बुझाई पनि फरक छ। चिनियाँ परम्परागत चिकित्सा विधिले आधुनिक चिकित्सा सिद्धान्तबाट सिकेर परम्पराको विकास र आविष्कार गर्नुपर्छ। यु मै भन्नुहुन्छ,

चिनियाँ परम्परागत चिकित्सा विधिलाई विश्वभर फैलाउने इच्छा छ। महामारीको प्रतिरोधमा हाम्रो अनुभवलाई पनि विश्वभर बाँड्ने हाम्रो चाहना छ। हाम्रो साझा शत्रु महामारी हो। सम्पूर्ण विश्व शान्त भएमा मात्र हाम्रो मुलुक र हाम्रा हरेक व्यक्ति सुरक्षित हुने छन्। विश्वको महामारीलाई चाँडै नियन्त्रण गर्नका लागि चिनियाँ परम्परागत चिकित्सा विधिले योगदान पुर्‍याउने आशा राखेका छौं।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn