नेपाली

जन राजनीतिक परामर्शदातृ सम्मेलनकी सदस्य यु मैद्वारा चिनियाँ परम्परागत चिकित्सा विधिले विश्वमा फैलिएको महामारीको नियन्त्रण गर्नका लागि योगदान पुर्‍याउनसक्ने आशा

CRIPublished: 2020-06-29 10:21:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कोरोना भाइरस महामारी देखा परेपछि जन राजनीतिक परामर्शदातृ सम्मेलनकी सदस्य, सिन च्याङ युगुर जातिय स्वायत्त प्रदेशको उरूमुची शहरको चिनियाँ परम्परागत चिकित्सा विधि अस्पतालकी प्रमुख यु मैले महामारीको प्रतिरोध कार्यमा भाग लिनुभएको थियो। पैचिङमा चीनका "दुई वटा अधिवेशन" मा सहभागी हुनुभएको अवधिमा उहाँले चाइना मिडिया ग्रुपका पत्रकारलाई अन्तर्वार्ता पनि दिनुभएको थियो। सो अन्तर्वार्तामा उहाँले उरूमुची शहरमा कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने क्षेत्रमा चिनियाँ परम्परागत चिकित्सा विधि र चिनियाँ जडीबुटी औषधीले निकै महत्वपूर्ण भूमिका खेलेको भन्दै चिनियाँ परम्परागत चिकित्सा विधि र चिनियाँ जडीबुटी औषधीको आविष्कारमार्फत विश्वको स्वास्थ्य कार्यका लागि चिनियाँ योगदान पुर्‍याउनसक्ने आशा राख्नुभयो।

कोरोना भाइरस महामारी देखा परेपछि यु मैले आफ्नो अस्पतालमा एक दिनको पनि छुट्टी नलिइ निरन्तर एक महिनासम्म काम गर्नुभएको थियो । उरूमुची शहरको चिनियाँ परम्परागत चिकित्सा विधि अस्पतालले प्रशस्त चिनियाँ जडीबुटी औषधी बनाएर सम्बन्धित व्यक्तिहरुलाई वितरण गरेको छ। यु मै भन्नुहुन्छ,

कोरोना भाइरस देखा परेको बेलामा हाम्रो अस्पतालले विशेषज्ञ टोलीको गठन गरी महामारीको प्रतिरोध सम्बन्धी दुई वटा प्रस्ताव प्रस्तुत गरेको थियो। हाम्रो अस्पतालले स्थानीय औषधी व्यवसायीहरुसँग समन्वय गरी रातदिन काम गरी चिनियाँ जडीबुटी औषधीको दश लाख भन्दा बढी प्याकेट बनाएर महामारीको प्रतिरोधमा रहेका कर्मचारी र भाइरस सङ्क्रमण हुनसक्ने उच्च जोखिममा रहेका व्यक्तिहरुलाई वितरण गरेका थियौं।

साथै उरूमुची शहरको चिनियाँ परम्परागत चिकित्सा विधि अस्पतालले कोरोना भाइरस संक्रमितहरुको उपचार गर्ने विशेष अस्पतालतर्फ चिकित्साकर्मीहरुलाई खटाएको थियो। उनीहरुले चिनियाँ परम्परागत चिकित्सा विधि र पश्चिमा चिकित्सा विधिसँगै मिलेर संक्रमितहरुको उपचार गरेका छन्। यु मै भन्नुहुन्छ,

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn