नेपाली

युवा प्रहरीको साहसी जीवन

CRIPublished: 2020-04-21 10:27:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कर्तव्यनिष्ठ, कोमल, नम्र, शील, प्यारो आदि आदि यी उच्च शब्दहरूबाट थुहाईलीको परिवारका सदस्य तथा छिमेकी र शिक्षकले उनको यसरी मूल्याङ्कन गरेका छन्।

वास्तवमा उनका बुवा उच्चस्तरीय अधिकारी हुनुहुन्छ। तर उनले अरूलाई यसबारे सुइँको समेत दिएका थिएनन्। प्रहरी चौकीका प्रमुखले समेत थुहाईलीको मृत्युपछि मात्र उनको परिवारको अवस्थाबारे थाहा पाएका थिए। विद्यालय र प्रहरी सेवामा काम गर्ने बेलामा पनि थुहाईलीले सार्वजनिक बसद्वारा मात्र आवतजावत गरेका थिए। उनले बुवाको गाडी प्रयोग गरेका थिएनन्।

यसै गरी अर्को ह्रदयविदारक घटना सन् २००७ जुलाई १३ तारिखको दिन घटेको थियो। एकजना १२/१३ वर्षका केटा स्थानीय नदीतटमा खेल्दाखेल्दै एक्कासी नदीमा डुबेको थियो। यो सूचना पाएलगत्तै एक प्रहरी जवान र तीन सहायक प्रहरी उक्त केटाको उद्धार गर्न नदी पुगेका थिए। त्यसै समयमा निरन्तर दुई महिनासम्म काम गरेर छुट्टी पाएका थुहाईली चौकीमा नै थिए। उनी पनि धेरै हातको सहयोग पाएपछि सजिलो हुने भन्दै नदीतिर दौडे।

उनी घटनास्थलमा पुग्नेबित्तिकै नदीमा हामफाले। उनले धेरै प्रयास गरे तापनि नदीको तीव्रताका कारण सफल हुनसकेनन्। अन्त्यमा, चिसो नदीमा त्यो केटाले मात्रै होइन, थुहाईलीले समेत ज्यान गुमाउनु परेको थियो।

अर्को दिन, १७ तारिख सो स्थानमा भिषण वर्षा भयो। लगभग बीस हजार सर्वसाधारणले भिषण वर्षाबीच युवा प्रहरीलाई विदाइ गरे। पाँच महिनाको मात्र प्रहरी जीवन भए तापनि थुहाईलीले आफ्नो व्यवहार र कामले समाजमा उत्तम छाप छोडेको छ।

साथै चीन सरकार र स्थानीय सरकारले थुहाईलीलाई हीरो र मोडलको सम्मान दिएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn