नेपाली

युवा प्रहरीको साहसी जीवन

CRIPublished: 2020-04-21 10:27:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मानव जातिले सधैं एउटा प्रश्नको विचार गरेको छ। मानिसले कसरी जीवन बिताउने? सिनच्याङ युगुर स्वायत्त प्रदेशमा एक युवा प्रहरी थुहाइलीले आफ्नो जीवनमार्फत् जवाफ दिएका छन्।

उनको जीवनकाल निकै छोटो रह्यो। सन् १९८२ मा जन्मेका थुहाईलीको जीवन अवधि जम्मा २५ वर्ष मात्र रह्यो। सन् २००६ नोभेम्बरमा २४ वर्षे थुहाईलीले परीक्षा उत्तीर्ण गरी सिनच्याङ प्रदेशीय उच्याछ्यु शहरीय सार्वजनिक सुरक्षा ब्यूरोमा प्रवेश गरेका थिए। सन् २००७ फेब्रुरी १३ तारिखदेखि थुहाइली औपचारिक रूपमा प्रहरी बनेर मङचिन प्रहरी स्टेशनमा काम थालेका थिए।

मङचिन प्रहरी स्टेशन राष्ट्रिय श्रेष्ठ सार्वजनिक सुरक्षा एकाइ हो। उक्त समूहमा संलग्न भएपछि थुहाइलीले गौरव अनुभव गरेका थिए। साथै उनले दवाब पनि महसूस गरेका थिए। कार्यावधिको दोस्रो दिनमा उनले डायरीमा यस्तो लेखेका थिए-"म राम्रोसँग कार्य गर्छु। आफ्नो व्यावहारिक गतिविधिद्वारा म एक श्रेष्ठ र राम्रो प्रहरी भएको पुष्टि गर्नेछु।"

परिवारका सदस्यले उनलाई प्रहरी भएपछि व्यक्तिगत सुरक्षामाथि ध्यान दिँदै सावधानी अपनाउन आग्रह गरेका थिए। तर थुहाईलीले प्रहरीको जिम्मेवारी सहज रूपमा स्वीकार्ने जवाफ दिएका थिए।

यसै बीच, सन् २००७ फेब्रअरी १७ तारिखको रात थुहाईली रात्रिकालीन् सत्रमा काम गर्दै थिए। उनले एउटा नृत्य हलमा दर्जनौ मान्छेहरू झगडा गरिरहेको सूचना पाएलगत्तै उनी आफ्ना सहकर्मीसँग त्यहाँ पुगे। घटनास्थलमा एकातिर ७ जना र अर्कोतिर ९ जना झगडा गर्दै थिए। तीमध्ये कसैको हातमा धारिलो हतियार समेत थियो। थुहाईलीले सबैभन्दा पहिला धारिलो हतियार थुते। त्यसपछि भागेकाहरूलाई प्रकाउ गरे। त्यस दिन उनले प्रहरीको काम थालेको चौथो दिन मात्र थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn