चिनियाँ अर्थतन्त्रको राम्रो दिशातर्फको प्रवृतिमा परिवर्तन छैन
चिनियाँ अर्थतन्त्रमा महामारीको प्रभाव अल्पकालीन, बाहिरी र नियन्त्रणयोग्य छ। तर वर्तमान विदेशमा महामारीको प्रसारले चिनियाँ अर्थतन्त्रलाई जोखिम पुर्याएको छ। अन्तर्राष्ट्रिय बैकिङ् बजार, बजार भाउ तथा व्यापारको उतार-चढावले चीनको आर्थिक वृद्धिलाई पनि प्रभाव पारेको छ।
कठिनाइभन्दा उपायहरू सँधैं नै धेरै छन्। भविष्यमा चीनले निरन्तर रूपमा राम्रोसँग महामारीको रोकथाम तथा नियन्त्रण गर्दा त्यसमा सक्रिय रूपमा अन्तर्राष्ट्रिय सहयोग गर्नुका साथै अझ बलियो समग्र नीति प्रस्तुत गर्नेछ।
राष्ट्र संघीय महासचिव अन्टोनिओ गुटेरेसका अनुसार, चीनले छिटै महामारीलाई जित्नुका साथै आर्थिक व्यवस्थालाई सामान्य पार्नेछ। यो चिनियाँ जनताको लाभका लागि सहयोगी हुनुका साथै विश्वका लागि पनि महत्वपूर्ण योगदान हुनेछ।