नेपाली

चिनियाँ अर्थतन्त्रको राम्रो दिशातर्फको प्रवृतिमा परिवर्तन छैन

CRIPublished: 2020-03-26 09:23:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चीन-अमेरिका वाणिज्य संघले सार्वजनिक गरेको 'चीनको व्यापार वातावरण प्रतिवेदन' २०२०मा औंल्याइएको छ कि चीनका सामु कोभिड-१९ महामारीको समस्या देखापरे तापनि दीर्घकालीन रूपमा हेर्दा चीनमा रहेका अधिकांश अमेरिकी उद्यमहरूले चीनलाई महत्वपूर्ण बजार मान्दै जानेछन्। तीमध्ये अन्तर्वार्ता लिएका ६३ प्रतिशत अमेरिकी उद्यमहरूले सन् २०२० मा चीनतर्फ लगानी बढाउने इच्छा व्यक्त गरेका छन्।

कोभिड-१९ महामारी चलिरहेको बेला पनि चीनमा रहेका टोयोटा, स्टारबक्स र फ्रान्सेली विद्युत ग्रुप लगायतका विदेशी उद्यमहरूको व्यापार विस्तार भइरहेका छन्। महामारी शिखरतर्फ गइरहेको हाराहारीमा चीनको अर्थतन्त्र बढ्दै विभिन्न ठाउँमा रहेका उद्यमहरू पुनः संचालनमा आइरहेका छन्। तीमध्ये विदेशी उद्यमहरूबाट पठाइएको सकारात्मक सूचनाले चीनको अर्थतन्त्रप्रतिको विश्वासलाई दृढ पारिरहेको देखिन्छ।

छोटो समयबाट हेर्दा चीनमा भइरहेको महामारी रोकथाम तथा नियन्त्रणका कदमहरू प्रभावकारी भएकाले विदेशी उद्यमहरूमा चिनियाँ बजार सुरक्षित भन्ने बुझाइलाई गहिरो पारिएको छ भने दीर्घकालीन दृष्टिकोणबाट हेर्दा विशाल चिनियाँ बजारले विदेशी उद्यमहरूलाई विश्वस्त पारिरहेको छ। यसै पृष्ठभूमिमा चिनियाँ बजार दिनप्रतिदिन विदेशी उद्यमहरूको आम्दानीको मुख्य श्रोत बनिरहेको छ।

विशाल बजारका साथै चीन सरकारले व्यापारिक वातावरणलाई सुधारिरहेकोबाट विदेशी उद्यमहरूलाई लाभान्वित बनाइरहेको छ।

विदेशी उद्यमहरू चीनको आर्थिक प्रणालीसँग मिल्नु नै चीन विश्वको एक भाग भइरहेको महत्वपूर्ण प्रतीक हो। ती विदेशी उद्यमहरूबाट चीनमा थप रोजगारी मौका सिर्जना गरिँदै बजार प्रतिस्पर्धामा महत्व दिइरहेको छ जसबाट चिनियाँ उद्यमहरूको सामु नयाँ अनुभव सिक्ने, प्रविधिको अध्ययन तथा विकास गर्ने, व्यवस्थापनलाई सुधार्ने बाध्यता आएको छ। बाह्य विश्वसँग चीनको आर्थिक सम्पर्क सबल पारिँदै विश्वको उत्पादन शृंखलामा चीनको स्थानलाई बलियो पारिएको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn