नेपाली

धनसम्पति सर्वोच्च भन्ने केही अमेरिकी राजनीतिज्ञहरूको छनौट

CRIPublished: 2020-03-21 19:28:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पूर्वी अमेरिकाको समय अनुसार, मार्च २० तारिख राती ११ बजेसम्म अमेरिकामा कोभिड-१९ संक्रमित बिरामीको संख्या १९ हजार ६ सय २४ पुगेको छ। बितेका ३ हप्तामा निश्चित बिरामीको संख्या १३०० गुणाले वृद्धि भएको छ। सोही दिन अमेरिकी इन्टर्नेट प्रयोगकर्ताहरूमा प्रचण्ड क्रोध आएको देखियो। 'तुरून्तै राजीनामा गर्नू' भन्ने शब्दहरू सर्च इन्जिनमा सबैभन्दा लोकप्रिय विषय बन्यो। इन्टर्नेट प्रयोगकर्ताहरूले आरोप लगाएको व्यक्ति संसदको माथिल्लो सदनको सूचना समितिका अध्यक्ष एवम् स्वास्थ्य समितिका सदस्य रिचार्ड बर हुन्।

केही अमेरिकी संचारमाध्यमले गरेको सर्वेक्षण अनुसार, बरले महामारी सम्बन्धि विषय पेश नगर्नुका साथै यसबारेका आफ्नो हातमा रहेका शेयर पनि बेचिसकेका छन्।

अमेरिकी संचारमाध्यम न्यूयोर्क टाइम्सले जनाए अनुसार, अमेरिकी शेयर बजार ठूलो परिमाणमा तल झर्नुअघिका केही हप्तामा बरले आफ्नो हातमा रहेका शेयर बेचेका हुन्। आक्रोशित अमेरिकी इन्टर्नेट प्रयोगकर्ता मात्र होइन अमेरिकी संचारमाध्यमले पनि बरको कार्वाहीबारे ब्याख्या गर्न आग्रह गरेका छन्। हालसम्म बर बाहेक अर्का ३ जना अमेरिकी सिनेटरहरूले खुला नभएका सूचनाको प्रयोग गरेर हातमा रहेका प्रशस्त शेयर बेचेका छन्।

यस सम्बन्धमा अमेरिकी रोलिङस्टोन पत्रिकाको वेभसाइटमा प्रश्न सोधिएको छ कि बरले आफूलाई थाहा भएको कुरा लुकाउन आवश्यक छ? ट्रम्पमाथि असन्तोष लाग्ने डर नै अमेरिकीहरूको ज्यान बचाउनुभन्दा अझ महत्वपूर्ण हो र?

एकातिर कठिन अवस्थाबाट भागेका कुलीन वर्ग रहेका छन् भने अर्कातिर वास्तविकता थाहा नभएका अमेरिकी सर्वसाधारणहरू। केही अमेरिकी राजनीतिज्ञले आफ्नो हितको लागि बजारको विश्वास गुमाउन थालिसकेका छन्।

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn