नैरोबीमा चाइना मिडिया ग्रुपद्वारा आयोजित “वसन्त पर्व गालाको शुभारम्भ”कार्यक्रम सम्पन्न
संयुक्त राष्ट्र संघका उपसचिव तथा संयुक्त राष्ट्र संघको नैरोबी कार्यालयका महानिर्देशक बान्गौराले चालु वर्ष संयुक्त राष्ट्र संघको इतिहासमा चिनियाँ वसन्त चाड पहिलोपटक संयुक्त राष्ट्र संघको विदामा सूचिकृत भएको बताउनुभयो। साथै, उहाँले सो पर्व मनाउने सबैलाई शान्ति, समृद्धि र सुखको कामना गर्नुभएको छ।
प्रसिद्ध चिनियाँ लिपिकार सु शीशुले चिनियाँ लिपिमार्फत् तीन किसिमबाट“वसन्त पर्व गालाको शुभारम्भ”लेख्नुभएको छ जसबाट चिनियाँ लिपिको विशेष आकर्षण देखिएको छ।
कार्यक्रममा, नैरोबी विश्वविद्यालयको कन्फ्यूसियस संस्थानका विद्यार्थी र शिक्षकहरूले विभिन्न चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा समेत प्रदर्शन गरेका छन्। केन्याका बालबालिकाले कुछङ बाजाको प्रदर्शन गरेका छन्। चिनियाँ सांस्कृतिक वातावरणमा “चिनियाँ वर्षको स्वाद”भरिएको छ।