नैरोबीमा चाइना मिडिया ग्रुपद्वारा आयोजित “वसन्त पर्व गालाको शुभारम्भ”कार्यक्रम सम्पन्न
जनवरी ३१ तारिख, चाइना मिडिया ग्रुपले केन्याको राजधानी नैरोबीमा“वसन्त पर्व गालाको शुभारम्भ”कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रमको विषय“चिनियाँ वसन्त चाड मनाउँदै, चाइना मिडिया ग्रुपको वसन्त चाड गाला हेर्दै”हो। सो कार्यक्रमले चिनियाँ वसन्त चाडको संस्कृतिमार्फत् अन्तर्राष्ट्रिय सभ्यता र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गरेको छ। उक्त कार्यक्रममा, संयुक्त राष्ट्र संघका उपसचिव तथा संयुक्त राष्ट्र संघको नैरोबीको कार्यालयका महानिर्देशक बान्गौरा, चीनको राष्ट्र संघीय वातावरण परियोजना कार्यालयका स्थायी प्रतिनिधि, चीनको संयुक्त राष्ट्र संघीय मानव आबास परियोजना कार्यालयका स्थायी प्रतिनिधि एवम् केन्याकालागि चीनका राजदूत चौ च्येनफिङलगायत केन्याकालागि विभिन्न देशका राजदूतहरू तथा संयुक्त राष्ट्र संघका प्रतिनिधिहरू गरी कुल २०० भन्दा धेरै व्यक्तिहरूको सहभागिता थियो।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार मन्त्रालयका उप-मन्त्री तथा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङले भिडियो सन्देशमा भन्नुभयोः केहि दिनअघि, ७८औँ संयुक्त राष्ट्र संघको सम्मेलनमा चिनियाँ चाड पर्वलाई संयुक्त राष्ट्र संघको विदाको रूपमा पुष्टी गरिएको छ जसबाट चीनको सभ्यता र पूर्वीय संस्कृतिको आकर्षण मात्र देखिँदैन संयुक्त राष्ट्र संघमा विविधता र समावेशिता पनि देखिन्छ। चिनियाँ वसन्त चाड गाला लगातार ४१ पटक आयोजना गरिसकेको छ। यो विश्वका लागि चीन बारे जानकारी लिने सांस्कृतिक कार्ड बनेको छ।