ऐतिहासिक विवरण-1
अव हामी यस किताबका लेखक स मा छिआन् बारे अवगत गराउन चाहन्छौं । इतिहासविद्को परिवारमा जन्मेका स मा छिआन्का पिता त्यस बेलाका एकजना इतिहासविद थिए। सानैदेखि स मा छिआन्ले निकै बुद्धि देखाएर ऐतिहासिक किताबभित्रका मानिस र घटनाबारे निकै सोच गरेर आफ्नो विशिष्ट विचारधारा व्यक्त गर्नेगरेका थिए। यौवनकालमा स मा छिआन्ले ठाउँ-ठाउँमा घुमफिर गरेर सामाजिक रीतिस्थिति, आर्थिक तथा भौतिक अवस्था बारे पर्यवेक्षण गर्नुका साथै विभिन्न क्षेत्रका प्रसिद्ध प्राचीन थलोको निरिक्षण गर्दै ती ठाउँहरुको इतिहासमा प्रसिद्ध व्यक्तिको जीवन अवस्था तथा सम्बन्धित घटनाहरु संकलन गर्नेगरेका थिए। पछि गएर स मा छिआन्ले आफ्ना पिताको कामको बिंडो थामेर इतिहास सम्बन्धी एकजना अधिकारी बनेका थिए। पश्चिमी हान् राज्यकालमा बिगत राज्यका घटना सम्बन्धी विवरण विभिन्न रजौटाको नियन्त्रण अवधिमा लेखिएका थिए। त्यस बेलाका लेखकहरुको ऐतिहासिक धारणा फरक भएको र उनीहरुको दृष्टिगोचर पनि संकोच भएको देखिएको छ। स मा छिआन्ले पहिलेका ती ऐतिहासिक विवरणको संपादन गर्दा आफैले इतिहास सम्बन्धी एक बृहत् ग्रन्थ लेख्ने विचार गरेका थिए। यसै बेला राजनीतिक कारणले गर्दा राजवंशले स मा छिआन्लाई दरवारको नियम अनुसार सजाय दिइयो। यसबाट शारीरिक र मानसिक रुपमा स मा छिआन्लाई निकै चोट पुर्याइएको थियो। पछि गएर पश्चिमी हान् राजवंशले पुनः स मा छिआन्लाई महत्वपूर्ण काम सुम्पियो। तापनि उन्को मनस्थिति फरक भयो र (ऐतिहासिक विवरण)भन्ने एक बृहत् ग्रन्थ लेख्ने उन्को मरुन्जेलसम्मको एक लक्ष्य थियो। तेह्र वर्षसम्म भगिरथ प्रयास गरेर स मा छिआन्ले 103 काण्ड, 5 लाख अक्षर भएको एक बृहत् ऐतिहासिक ग्रन्थ लेखिसक्नुभयो। यस ग्रन्थले चीनको इतिहास र साहित्यका लागि निकै महत्वपूर्ण योगदान गरेको छ।