स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटका चिनियाँ प्रमुख सुन च्यान आनको कथा-२
सुन् च्यान आनका अनुसार, धेरै जर्मनहरुले चीनको भ्रमण गरेपछि विगतमा चीनप्रति उनीहरुको पक्षपात पूर्ण धारणा परिवर्तन गरी चीनका प्रगति र खुलापनप्रति अरु निष्पक्ष धारणा लिएका छन्। त्यसैले चीनबारे जाकारी दिने, चिनियाँ भाषाको प्रचार-प्रसार गर्ने र चीनप्रति जर्मन नागरिकहरुको चासो बढाउने पक्षमा कन्फ्युसियस इन्स्टिच्यूटको अनेकन् कार्य निकै महत्त्वपूर्ण छ। स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटले चीनप्रति जर्मन युवा पुस्ताको जानकारी बढाउनलाई निकै महत्त्व दिएको छ। उहाँ भन्नुहुन्छ,
स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटको स्थापनापछि हामीले सधैँ जर्मनीका विश्वविद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई चीनको भ्रमण गराउँदै आएका छौँ। चीनको भ्रमण गरेपछि जर्मन विद्यार्थीहरु चीनको तीव्र विकास र चीनको नयाँ प्रविधि देखेर छक्क परेका छन्। अर्को कुरा भनेको चिनियाँ विद्यार्थीहरुसँग आदान-प्रदान गरेपछि तिनीहरुले चीनलाई ध्यान दिन थालेका छन्। हामीले जर्मनीको माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई चीनमा ग्रीष्मकालीन क्याम्पमा पठाएका छौँ। तिनीहरुले जर्मनी फर्केपछि नयाँ नजरबाट चीन हेर्न थालेका छन्।
सुन च्यान आनले स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटले चीन र जर्मनी बीचको मानवीय आदान-प्रदानलाई अघि बढाउने क्षेत्रमा धेरै काम गर्नसक्ने छ बताउँदै चीन र जर्मनी बीचको गैर-सरकारी आदान-प्रदानले आपसी जानकारीलाई प्रबर्द्धन गर्नसक्ने अपेक्षा गर्नुहुन्छ,
चिनियाँ र जर्मन जनता बीचको आदान-प्रदानले आपसी जानकारीलाई प्रबर्द्धन गर्नसक्ने अपेक्षा हामीले गरेका छौँ, जसबाट चीन र जर्मनी बीचको मित्रतालाई गहन पार्नसकिने र यस्तो आदान-प्रदानले विश्व शान्तिका लागि अरु ठूलो योगदान पुर्याउनसक्ने छ।