नेपाली

स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटका चिनियाँ प्रमुख सुन च्यान आनको कथा-२

criPublished: 2022-11-28 09:09:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आन ह्वैको हाउ चौमा विश्वको सबैभन्दा ठूलो चिनियाँ जडीबुटी औषधि बजार र उत्पादन गर्ने पूर्ण श्रृंखला रहेकोले स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटले जर्मनीमा चिनियाँ जडीबुटी औषधि भित्र्याएपछि निवर्तमान प्रधानमन्त्री मर्केलले यसको उच्च मूल्याङ्कन गर्नुभएको सुन च्यान आन भन्नुहुन्छ,

हाम्रो कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना भएको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहमा प्रधानमन्त्री मर्केलले हामीलाई पठाउनुभएको बधाई सन्देशमा हाम्रो कन्फ्युसियस इन्स्टिच्यूटले सामाजिक विकास र दुई मुलुकका जनता बीचको आदान-प्रदानका लागि ठूलो योगदान पुर्‍याएको तथा विशेष गरी चिनियाँ जडीबुटी औषधि भित्र्याइएको कुरा उठाउनुभएको थियो।

सन् १९८६ मा सुन च्यान आनले जर्मनीमा एक वर्षका लागि अध्ययन गर्नुभएको थियो। त्यसपछि उहाँले आन ह्वै ह फै इन्स्टिच्यूटमा विदेशी मामिलाको संचालन गर्दा जर्मनीका विश्वविद्यालयहरुसँग बारम्बार रुपमा भेट्नुभयो। उहाँ यस्तै अन्तर्राष्ट्रिय आदान-प्रदान दुई पक्ष बीचको जानकारीलाई बढाउन निकै फाइदाजनक रहेको ठहर गर्दै भन्नुहुन्छ,

जर्मनहरुसँग आदान-प्रदान गरेको प्रक्रियामा मैले एउटा अनुभव गरेको छु। त्यो के हो भने विगतमा जर्मनहरुले हामीसँग सहयोग गर्दा तिनीहरुले हामीलाई सघाउ पुर्‍याएको विचार गरेका थिए, उनीहरुको विचारमा हामीले उनीहरुसँग सिक्नुपर्ने थियो। यद्यपि दश वर्षभन्दा लामो समयसम्म हाम्रो सहकार्य भएपछि जर्मनीका प्राध्यापक र विद्यार्थीहरुले एउटा समान धारणा लिएका छन्। त्यो के हो भने जर्मनीले चीनसँग सहकार्य गरेको अथवा चीनसँग आदान-प्रदान गरेको कुराले चीनका लागि योगदान पुर्‍याएको मात्र होइन, बरु तिनीहरुले चीनसँग धेरै चीज सिकेका छन् र चीनबारे धेरै जानकारी लिएका छन्। त्यसैले अन्तर्राष्ट्रिय आदान-प्रदानको महत्त्वपूर्ण अर्थ रहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn