स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटका चिनियाँ प्रमुख सुन च्यान आनको कथा-१
स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटले चिनियाँ भाषा पढाई गर्नुका साथै चिनियाँ परम्परागत चिकित्सा विधि र चिनियाँ जडीबुटी औषधिको प्रचार प्रसार गर्छन्। सुन च्यान आनले स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटको स्थापनादेखि त्यसले स्थानीय बासिन्दाहरुलाई चीनबारे जानकारी दिने प्रयास गर्दै आएको जानकारी दिँदै भन्नुहुन्छ,
स्ट्रालसन्द शहर सानो छ, त्यति विकसित पनि छैन। स्थानीय बासिन्दाहरुले चीनको गतिशील विकासको ईर्ष्या गरेका थिए। कन्फ्युसियस इन्स्टिच्यूट चीनबारे जानकारी लिने एउटा झ्याल बन्नसक्ने र कन्फ्युसियस इन्स्टिच्यूटले स्थानीय आर्थिक तथा सामाजिक विकासका लागि योगदान पुर्याउनसक्ने उनीहरुले आशा गरेका थिए। यस उद्देश्यका लागि हामीले चिनियाँ भाषाबाहेक चिनियाँ परम्परागत चिकित्सा विधिको प्रचार प्रसारलाई हाम्रो कन्फ्युसियस इन्स्टिच्यूटको एउटा मुख्य कार्यक्रम तोकेका थियौँ। किनभने यहाँ जर्मनी र युरोपको एउटा प्रसिद्ध स्वास्थ्यलाभ स्थल छ, यहाँ चिनियाँ परम्परागत चिकित्सा विधिको पनि ठूलो माँग छ।