स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटका चिनियाँ प्रमुख सुन च्यान आनको कथा-१

सन् २०१६ को अगष्ट महिनामा जर्मनीकी निवर्तमान चान्सलर एङ्गेला मर्केलले जर्मनीको उत्तर-पूर्वी भागमा अवस्थित समुद्री तटवर्ती शहर स्ट्रालसन्दमा जर्मनीको सत्रौँ कन्फ्युसियस इन्स्टिच्यूटको उद्घाटन गर्नुभएको थियो। स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना भएदेखि त्यसले चिनियाँ परम्परागत चिकित्सा विधिको प्रचार प्रसारमा प्रशस्त उपलब्धि हासिल गर्नुका साथै चीन र जर्मनी बीचको आदान-प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आजको कार्यक्रममा स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटका चिनियाँ प्रमुख सुन च्यान आनको कथा सुन्नुहोस्।
सन् २०१६ को अगष्ट महिनामा जर्मनीको स्ट्रालसन्द विज्ञान विश्वविद्यालय र चीनको आन ह्वै ह फै इन्स्टिच्यूटले मिलेर स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना गरेको थियो। जर्मनीकी निवर्तमान चान्सलर एङ्गेला मर्केलले यस इन्स्टिच्यूटको उद्घाटन गर्नुभएको थियो। आफ्नो सम्बोधनमा मर्केलले स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटले दुई मुलुक बीचको आदान-प्रदानलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण पूल प्रदान गर्नसक्ने आशा व्यक्त गर्नुभएको थियो। यस दृश्यको पुन:रावलोकन गर्दै स्ट्रालसन्द कन्फ्युसियस इन्स्टिच्यूटका चिनियाँ प्रमुख सुन च्यान आन यसरी भन्नुहुन्छ,
चिनियाँ प्रधानमन्त्री ली ख छ्याङको निम्तोमा जर्मनीकी चान्सलर मर्केलले सन् २०१५ मा ह फैको भ्रमण गर्नुभएको थियो। त्यस पटकको भ्रमणले स्ट्रालसन्दमा एउटा कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना गर्ने जग बसालेको थियो। आन ह्वैमा चीन र जर्मनी बीचको अनेकन् सम्झौतामा हस्ताक्षर हुँदा मर्केलले यदि यो कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना भएमा आफूले अवश्य नै उद्रघाटन समारोहमा सहभागी हुने वचन दिनुभएको मलाई अझै सम्झना छ। पश्चिमा मुलुकका सरकार प्रमुखमध्ये उहाँ एक जनाले मात्र चीनको कन्फ्युसियस इन्स्टिच्यूटको उद्घाटन समारोहमा भाग लिनुभएको छ। उक्त समारोहपछि उहाँले यसरी भन्नुभएको थियो, मानवीय आदान-प्रदान निकै महत्त्वपूर्ण छ, जुन देश बीच र मानिसहरु बीचको जानकारीका लागि एकदम महत्त्वपूर्ण रहेको छ।