नेपाली

“विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु सम्बन्धी प्रतिबेदन २०२२” सार्वजनिक

criPublished: 2022-10-31 11:00:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु सम्बन्धी प्रतिबेदन २०२२”का अनुसार, वितेका केही वर्षदेखि विदेशमा पढ्ने चिनियाँ विद्यार्थीहरुको अध्ययन सकिएपछि चीन फर्किने प्रवृति देखिन्छ। उनीहरुले चीनमा काम गर्ने उत्साह बढ्दै आएको छ। यसबारे चर्चा गर्दै म्याउ ल्य्वी भन्नुहुन्छ,

सन् २०१९ मा मात्र विदेशबाट फर्किएका चिनियाँ विद्यार्थीहरुको संख्या ५ लाख ८० हजार पुगेको थियो। यो अंक निरन्तर रुपमा बढेको थियो। सन् २०१९ को अन्त्यसम्म कूल ४२ लाख ३० हजार चिनियाँ विद्यार्थीहरु अध्ययन सकेर चीन फर्केका थिए। उनीहरु चीनको महत्वपूर्ण श्रम शक्ति बनेका थिए। “विदेशबाट फर्केका चिनियाँ विद्यार्थीहरुको रोजगारी र स्वरोजगारी सम्बन्धी सर्भेक्षण प्रतिबेदन”का अनुसार, सन् २०२० मा विदेशबाट फर्केका चिनियाँ विद्यार्थीहरुले चिनियाँ व्यवसायलाई व्यक्तिगत विवरण पठाउने संख्या सन् २०१९ को तुलनामा ६७.३ प्रतिशतले बढेको थियो।

“विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु सम्बन्धी प्रतिबेदन २०२२”मा चीनमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीहरुको स्थितिको पनि विश्लेषण गरिएको छ। सो प्रतिबेदनका अनुसार, सन् २०१८ मा अध्ययन गर्न चीन आएका विदेशी विद्यार्थीहरुको संख्या विश्वको तेस्रो स्थान र एसियाको पहिलो स्थान पुगेको थियो। अरु बढी विदेशी विद्यार्थीहरुले चीनमा पढ्ने चाहना गर्दै आएका छन्। विश्वव्यापी थिङ्क ट्याङ्कका प्रमुख, सो प्रतिबेदनका प्रधान सम्पादक वाङ ह्वै याउ यसरी भन्नुहुन्छ,

चीन अझ खुला हुँदै आएको परिप्रेक्षमा अरु बढी विदेशी विद्यार्थीहरुले चीन र विदेशका जनता बीचको आदान-प्रदान गर्न सक्छन्। जसबाट चीन र अरु देशले संयुक्त रुपमा विश्वको संचालनमा भाग लिनसक्ने छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn