“विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु सम्बन्धी प्रतिबेदन २०२२” सार्वजनिक
चालु वर्षको सेप्टेम्बर २८ तारिख विश्वव्यापी थिङ्क ट्याङ्क, बैंक अफ चाइना र दक्षिण पश्चिमी वित्त विश्वविद्यालय अन्तर्गत विकासको अनुसन्धानालयले संयुक्त सम्पादन गरेको “विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु सम्बन्धी प्रतिबेदन २०२२” नामक निलो पत्र सार्वजनिक भएको छ। सो प्रतिबेदनका अनुसार, विदेशमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीहरुको विविध छनौट रहँदै आएको छ भने अरु बढी विदेशी विद्यार्थीहरुले “चीनमा अध्ययन गर्न आउने” स्वीकार गर्दै आएका छन्। आजको कार्यक्रममा यस विषयबारे एउटा विवरण सुन्नुहोस्।
“विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु सम्बन्धी प्रतिबेदन २०२२” का अनुसार, सन् २०१९ मा विदेशी विश्वविद्यालयहरुमा अध्ययनरत चिनियाँ विद्यार्थीहरुको संख्या कूल १० लाख ६१ हजार ५११ रहेको थियो, जुन विश्वमा पहिलो स्थानमा पर्दछ। विश्वव्यापी थिङ्क ट्याङ्कका सचिव, उक्त प्रतिबेदनका प्रधान सम्पादक म्याउ ल्य्वी विगत केही वर्षयता कोरोना महामारीको फैलावट र अन्तर्राष्ट्रिय स्थितिको परिवर्तन भएको सिलसिलामा विदेशमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीहरुको विविध छनौट रहँदै आएको जानकारी दिँदै भन्नुहुन्छ,
सन् २०१९ देखि २०२० सम्म विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरुको संख्या सबैभन्दा बढी थियो। करिब १० लाख चिनियाँ विद्यार्थीहरुले विदेशी विश्वविद्यालयमा पढ्दै थिए। विदेशमा पढ्ने चिनियाँ विद्यार्थीहरुको संख्या यथावत रुपमा बढेको थियो। भविश्यमा अरु बढी चिनियाँ विद्यार्थीहरुले युरोप र एसियाका मुलुकहरुमा पढ्ने सम्भावना छ।
प्राप्त तथ्याङ्क अनुसार, स्नातकोत्तर डिग्री प्राप्त गर्नखोज्ने चिनियाँ विद्यार्थीहरुका लागि जीव सम्बन्धी विज्ञान, इन्जिनियरिङ शिक्षा र भौतिक विज्ञान लगायत विषयहरु सबैभन्दा लोकप्रिय छन्। यसका अतिरिक्त, वाणिज्य र कानुन लगायत विषय पढ्ने चिनियाँ विद्यार्थीहरुको संख्या पनि बढ्दै आएको छ।