बेल्ट एण्ड रोड सम्बन्धी सेवा तथा व्यापार सहयोगसँग विशाल सञ्चित शक्ति
विश्व व्यापार सँगठनले हाल 《सेवा व्यापार ब्यारोमिटर》सार्वजनिक गरेअनुसार ग्लोबल सेवा व्यापार दोस्रो त्रैमासिक अवधिमा लगातार बढ्दै छ , पछिल्लो सूचकांक १०५.५ हो भने सेप्टेम्बर २०२१ को १०२.५ भन्दा स्पष्ट बढेको छ। हाल केही वर्षयता चीनले झन् बढी उच्च स्तरीय खुलापनले सेवा व्यापारको शक्तिलाई प्रेरित गर्दै आएको छ भने बेल्ट एण्ड रोडका अझ बढी राष्ट्रलाई चीनको विशाल बजारले अवसर दिएको छ। चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले यस एक्स्पोको अवसरमा आयोजना भएको चाइना इन्टरप्राइज ग्लोबलाइजेशन फोरममा व्यक्त गर्नुभएअनुसार चीनले उच्च स्तरीय खुलापन विशेष गरी《क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौता》लाई व्यवहारमा उतारेबाट क्षेत्रीय व्यापार तथा लागनीलाई प्रवर्द्धन गरिरहेको छ।
चीनको सेवा व्यापार प्रदर्शन क्षेत्रको निर्माण सेवा उद्योगको नविन विकासको एक अभिव्यक्ति हो र यो क्षेत्रीय स्तरमा विस्तार गर्न र दोहोर्याउन लायक छ।