बेल्ट एण्ड रोड सम्बन्धी सेवा तथा व्यापार सहयोगसँग विशाल सञ्चित शक्ति
पेइचिङमा आयोजित सन् २०२० चीन अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो हालै सम्पन्न भएको छ। यस एक्स्पोमा भाग लिएका अनेकन् राष्ट्र तथा व्यवसायहरु बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती मुलुकहरू हुन्। हाल दश वर्षयता चीनको सेवा व्यापार औसत रूपमा प्रतिवर्ष ६.१ प्रतिशतले बढेको छ र यो वैश्विक औसत वृद्धि दरको दोब्बर हो। सेवा आयात निर्यातमा संलग्न रकमले लगातार आठ वर्षदेखि विश्वको दोस्रो स्थान लिँदै आएको छ र बेल्ट एण्ड रोड सम्बन्धी राष्ट्रहरुसँगको द्विपक्षीय व्यापार ३३ प्रतिशतले वृद्धि भएको छ। यस एक्स्पोमा भाग लिएका बेल्ट एण्ड रोड सम्बन्धी राष्ट्रका व्यक्तिहरुका अनुसार डिजिटलाइजेशनले विश्वव्यापी सेवा व्यापारको विकासको लागि अवसरहरू ल्याउने छ, र भविष्यमा थप क्षेत्रहरूमा चीनसँग सहयोग गर्ने अपेक्षा छ।
यस एक्स्पोको संस्कृति तथा पर्यटन सेवा प्रदर्शनी क्षेत्रमा श्रीलङ्का लगायत बेल्ट एण्ड रोड सम्बन्धी राष्ट्रहरुले आ-आफ्ना विशेषतायुक्त सांस्कृतिक उत्पादन वस्तुहरू प्रदर्शन गर्दै यस एक्स्पोलाई अवसरको रुपमा लिँदै सांस्कृतिक व्यापारको आदानप्रदानलाई प्रवर्द्धन गरेका छन्। चीन श्रीलङ्का आर्थिक व्यापार सहयोग वाणिज्य च्याम्बरका अध्यक्ष चिरञ्जया युडुमुलागेका अनुसार श्रीलङ्का बेल्ट एण्ड रोडमा आबद्ध भएको कारण श्रीलङ्काका धेरै उत्पादन वस्तु चीनमा प्रवेश गरेका छन्। चीन मात्रै होइन श्रीलङ्काले बेल्ट एण्ड रोड सम्बन्धी अन्य राष्ट्रहरुसँग पनि व्यापार गर्नसक्छ।
यस वर्षको अप्रिलसम्म चीनले १४९ राष्ट्र, ३२ अन्तर्राष्ट्रिय सँस्थासँग २०० भन्दा बढी बेल्ट एण्ड रोड सम्बन्धी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्। बेल्ट एण्ड रोड निर्णय प्रस्ताव विचारधाराबाट अध्याससम्म परिणत भएको छ भने अवसर सिर्जना गरेबाट विश्वलाई फाइदा ल्याएको देखिन्छ। सन् २०१३ देखि २०२१ सम्म चीन र सम्बन्धी राष्ट्रहरुबीचको वार्षिक व्यापार मात्रा १० खर्ब ४० अर्बबाट १८ खर्ब अमेरिकी डलरसम्म बढाइएको छ। चीनको वाणिज्य मन्त्रालयको सेवा व्यापार विभागका पदाधिकारी चु क्वाङ याउका अनुसार चीन र बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती राष्ट्रबीचको सेवा व्यापार सहयोगको शक्तिशाली शक्तिबाट बेल्ट एण्ड रोड निर्णय प्रस्तावको सहपरामर्श, सहनिर्माण र साझेदारीको सिद्धान्त प्रतिबिम्बित भएको छ।