विदेशी सञ्चार माध्यमहरुद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहको उच्च मूल्याँकन
उद्घाटन समारोहलाई ध्यान दिनुका साथै विदेशी सञ्चार माध्यमहरु यस भव्य खेलकुद समारोहको सुरक्षा तथा आकर्षणका लागि चीनले गरेको तयारी कार्यप्रति पनि ध्यानाकर्षित भएका छन्।
रुसको इतार तासका अनुसार, पैचिङ हिउँदे ओलम्पिक खेलकुद कसरी आकर्षक, रोचक र सुरक्षित रुपमा आयोजना हुने छ? कोरोना महामारीको फैलावटको जोखिम हटाउनुका साथै प्रशस्त विदेशी पाहुनाहरुको कसरी सत्कार गरिने छ? चिनियाँहरुले आफ्ना विशेष विवेकशीलता र कर्तव्यनिष्ठामार्फत विभिन्न समस्याहरुको सामना गर्दैगरेको जवाफ फेला पारेका छन्। इतार तासको रिपोर्टमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदले कोरोना महामारीको फैलावटको प्रतिरोधका लागि चालेका विभिन्न प्रभावकारी पाइलाहरुबारे विस्तृत रुपमा विश्लेषण गरिनुका साथै कोरोना भाइरसको फैलावट हुने जोखिमलाई ठूलो हदसम्म घटाउन विभिन्न किसिमका रोबोटहरुको उपयोग गरिएको नयाँ कदमलाई ध्यान दिइएको छ।
यसै गरी, रुस समाचार समितिले “चीनले पूर्वाग्रहलाई कसरी हटायो” शीर्षकमा एउटा लेख प्रकाशित गरेको छ। सो लेखका लेखक सिमोनन्यानले लेख्नुभयो, “म चढेको विमान पैचिङ राजधानी विमानस्थलमा अवतरण गरेपछि मेरो चिन्ता हट्यो, राहदानीलाई स्वचालित मेसिनमा राखेपछि लाइनमा बस्नुपरेन। क्यु आर कोड स्क्यानिङ गरी न्यूक्लिक एसिड परीक्षण गरेपछि आफ्नो लगेज लिएर बसबाट सिधै होटेल जान पाएँ।” सिमोनन्यानले होटेलको खानाप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँले मीठो खाना खान पाएको र रोबोट भान्सेले तरकारी पकाएको पनि प्रशंसा गर्नुभयो। उहाँले विश्वमा कोरोना महामारीको फैलावट भए तापनि चीनले हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन सफलताका साथ आयोजना गर्नु उपलब्धिमुलक रहेको औँल्याउनुभयो।