नेपाली

विदेशी सञ्चार माध्यमहरुद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहको उच्च मूल्याँकन

criPublished: 2022-02-22 15:20:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पैचिङ हिउँदे ओलम्पिक खेलकुद फेब्रअरी ४ तारिखबाट भव्यताका साथ शुरु भएको छ। विश्वका विभिन्न देशका खेलाडीहरु र सञ्चारकर्मीहरु लगायत हजारौं व्यक्तिहरु ओलम्पिक खेलकुदमा भाग लिन पैचिङ आएका छन्। फेब्रअरी ५ तारिख हिउँदे ओलम्पिक खेलकुदका विभिन्न प्रतियोगिताहरु पनि आयोजित भएका छन्, जसले विदेशी सञ्चार माध्यमहरुलाई आकर्षित गरेको छ।

सीएनएनका अनुसार, पैचिङ हिउँदे ओलम्पिक खेलकुदले धेरै स्वागत प्राप्त गरेको छ। राष्ट्रिय खेलकुद रंगशालामा उपस्थित दर्शकहरु उद्घाटन समारोहबाट प्रभावित भएका छन्। धेरै जाडो भए तापनि दर्शकहरुले ताली बजाउँदै, चिच्याउँदै, कराउँदै खुसी व्यक्त गरेका छन्। यसका साथै उनीहरुले मोबाइलको फ्लाश र ओलम्पिक खेलकुदको आयोजकबाट दिइएको चिनियाँ राष्ट्रिय झ्ण्डा र ओलम्पिक झण्डा हल्लाएका छन्। लाखौं लाख मानिसहरुले घरमा बसेर उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण हेरेका छन्। अमेरिका र अरु देशका सामाजिक सञ्चार माध्यमहरुमा पनि यसको सक्रिय मूल्याँकन गरिएको छ। इन्टरनेट प्रयोगकर्ताहरुलाई उद्घाटन समारोहमा उच्च विज्ञान र प्रविधिप्रति आश्चर्य लागेको छ। त्यसका अतिरिक्त, धेरै इन्टरनेट प्रयोगकर्ताहरुले उद्घाटन समारोहका निर्देशक चाङ ई मौले प्रदर्शनमा चिनियाँ संस्कृतिलाई महत्व दिनुभएकोमा प्रशंसा गरेका छन्।

जापानको याहु वेबसाइटले एउटा सर्भेक्षण गरेको छ, “यदी पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहको मूल्याँकन गर्दा पूर्ण अंक १० भएमा तपाईँको विचारमा त्यसले कति स्कोर पाउनसक्छ?” ५७.६ प्रतिशतका इन्टरनेट प्रयोगकर्ताहरुले १० मा १० स्कोर दिएका छन्। जापानका एक इन्टरनेट प्रयोगकर्ताले टिप्पणी गर्दै यसरी लेखेका छन्, “चीनको प्रविधि र चीनले युवा पुस्तालाई दिने तालिमको प्रशंसा गर्छु। चीनको राष्ट्रिय शक्तिको तुलनामा जापान पिछडिएको छ। अन्तिम भागमा ज्योती बाल्ने कार्यक्रम पनि युवा पुस्तासँग सम्बन्धित छ, र वातावरणीय संरक्षण सम्बन्धित् छ, निकै रोचक छ।”

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn