नेपाली

वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने कथा

criPublished: 2022-02-02 16:45:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राजा छि वै वाङले त्वान छेन क्वानको सुझाव स्वीकार गरी चाओ राज्यलाई जोगाउन महारथी थेन चि तथा सल्लाहकार सुन पिनको नेतृत्वमा असी हजार सैनिक खटाए।

निज सल्लाहकार सुन पिनको बाहाँजोरी सम्बन्धी योग्यता बारे एउटा घोडा-दौडको कथा चीनमा प्रचलित छ।

छि राज्यको कुलीन वर्गका माझ घोडा-दौडको खेल खूब लोकप्रिय थियो। महारथी थेन चिले धेरै पल्ट ठूलो रकम राखेर राजा तथा राजकुमारहरुसित घोडा-दौडमा बाजी थाप्ने गरेका थिए। तर त्यसमा उनले जित्नुभन्दा बढी हार खाए। सुन पिनले भित्रभित्रैबाट अवलोकन गर्दा के कुरा बुझे भने दुबै पक्षका घोडा उस्तै-उस्तै छन् र घोडालाई क, ख, ग तीन दर्जामा विभाजित गरी दौडाउने नियम पनि छ। यसरी सुन पिनले "अर्को खेल भएमा बढीभन्दा बढी रकम थाप्नुहोस्, हजूर अवश्य जित्नुहुन्छ" भनेर थेन चिलाई विश्वास दिलाए।

यो लेखलाई दुई भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn