नेपाली

वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने कथा

criPublished: 2022-02-02 16:45:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सुन पिन प्राचीन चीनको "युद्धरत् राज्य"कालका प्रसिद्ध युद्धशास्त्री थिए। उनी तथा फाङ च्युआन दुबैले एउटै गुरुसित जंगी-शास्त्र सिकेका थिए र पछि दुबैले सँगसँगै वै राज्यका लागि सेवा गर्नथाले। सुन पिनको योग्यतादेखि ईर्ष्या गर्ने फाङ च्युआनले सुन पिनलाई दुख दिनका लागि अनेक दाउपेच रचे जसको फलस्वरुप सुन पिनलाई घुँडाको हाड काट्ने सजाय समेत दिइयो। पछि सुन पिन छि राज्यका महारथी थेन चिको गोप्य सहयोगमा छि राज्य पलायन भए। "वै राज्यलाई घेरामा पारी चाओ राज्य बचाउने कथा"मा सुन पिन तथा फाङ च्युआनका बीचमा भएको एक लडाईंको वर्णन गरिएको छ।

ईसापूर्व चौथो शताब्दीमा चीन "युद्धरत राज्य"कालमा थियो। सरदारहरुले शासन चलाउने अनेकौं राज्यहरुमध्ये वै राज्यले सबैभन्दा पहिले राजनीतिक तथा सैनिक सुधार गरेका कारण विस्तारै-विस्तारै शक्तिशाली भएपछि अरु केही स-साना राज्यहरुलाई आफूमा समाहित गरेको थियो। त्यस बेलाको कस्तो स्थिति थियो भने राष्ट्रिय शक्तिको दृष्टिबाट वै राज्यसित दाँजी हेर्दा पूर्वपट्टिको छि राज्य तथा पश्चिमपट्टिको छिन राज्य बराबर थिए अनि अरु दुइवटा साना छिमेकी देश चाओ राज्य तथा वई राज्य दुर्बल थिए।

ईसापूर्व 368 मा चाओ राज्यले छि राज्यको समर्थन पाएर फौज पठाएर वै राज्यको अधीनमा रहेको वई राज्यमाथि आक्रमण गरेको थियो। वै राज्यका राजा वै ह्वै वाङको आदेश बमोजिम महारथी फाङ च्युआनले लगभग एक लाख सैनिक लिएर चाओ राज्यको राजधानी हान तानलाई घेराबन्दी गरेका थिए। चाओ राज्यले विवश भई छि राज्यसित गुहार मागेको थियो।

छि राज्यका मन्त्री चौ चिले यसो गरेमा आफ्नो देशको शक्ति शिथिल होला कि भनेर चाओ राज्यको विन्तीलाई अस्वीकार गर्ने अडान लिए भने अर्का मन्त्री त्वान छेन क्वानले वै राज्यद्बारा चाओ राज्यलाई पराजित गरिएमा त्यसको शक्ति झन बलियो हुने हुँदा छि राज्यका लागि खतरा हुनसक्ने तर्क दिंदै चाओ राज्यलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn