नेपाली

चाउ या फुद्बारा सातजना सम्राटको विद्रोहलाई साम्य-1

criPublished: 2022-01-19 15:53:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एक पटक, हान् वन् ती सम्राटले स्वयम् आफैले ती ठाउँमा गएर सैनिकलाई सान्त्वना दिनुका साथै स्थलगत निरिक्षण पनि गरेका थिए। सम्राट हान् वन् ती त्यस अघि नै पा शाङ पुगेका थिए। लिउ ली र आफ्ना जंगी अफिसरहरुले सम्राट आएको देखेर भव्य स्वागत समारोहको आयोजना गरेका थिए। सम्राट हान् वन् तीका रथ पंक्ति कुनै बाधा अवरोध विना नै सैनिक शिविरमा पसेको थियो। सम्राटले सैनिकहरुलाई सान्त्वना दिएर गए। सेनापति र सैनिकहरुले हतारपतार गरी विदा गरेका थिए। त्यसको लगत्तै सम्राट हान् वन् ती चि मन भन्ने ठाउँमा तैनाथ सैनिक शिविरमा गए। त्यहाँ पनि भव्य स्वागत समारोहको आयोजना गरियो। अन्तमा सम्राट हान् वन् ती शि लिउको शिविरमा आए। चाउ या फुको सैनिक शिविरका अघिल्लो क्षेत्रका चौकीका सैनिकले टाढाबाट लाम बाँधेको मानिस र घोडाहरु आइरहेको देखे। उनीहरुले तुरुन्तै चाउ या फुलाई खबर दिए। सेनापति र सैनिकहरु सबैले नै अस्त्र लिएर लडाईं गर्ने तयारी गरेका थिए। सम्राटको अग्रगामी मानिसहरु शिविरको ढोका अगाडी आइपुगे। त्यहाँ तैनाथ सिपाहीले तुरुन्तै उनीहरुलाई रोके र शिविरभित्र पस्न दिएनन। अग्रगामी अधिकारीले कडा स्वरमा भनेः“सम्राटको आगमन हुंदैछ।” शिविरको ढोकामा सुरक्षा गर्ने सैनिकले कुनै हत्तपत्त नगरी जवाफ दिएः“सैनिक शिविरमा सेनापतिको आदेश मात्र मान्नुपर्छ। सेनापतिको आदेश नपाएर हामीले तिमीहरुलाई शिविरभित्र पस्न दिन पाइदैन।” अधिकारीहरुले रक्षा गर्ने सैनिकसित ठाकठुक गर्नलागेको बेला सम्राट हान् वन् तीको रथ आइपुग्यो। त्यहाँ रक्षा गर्ने सैनिकले अझै पनि रोकिराखे। कुनै उपाय नलागेपछि हान् वन् तीले पार्शवर्तीलाई सम्राटको चिनो देखाउन आदेश दिए र “म सैनिकहरुलाई सान्त्वना दिन शिविरभित्र पस्नुपर्छ भनेर चाउ या फुलाई खबर दिन मानिस पठाएका थिए।”यसै बेला चाउ या फुले शिविरको ढोका खोलेर सम्राटका सेनालाई शिविरभित्र पस्न स्वीकार गर्ने आदेश दिए। सम्राटको संरक्षण गर्ने अधिकारीहरुले शिविरभित्र पस्ने बित्तिकै शिविरका रक्षकले गम्भिर रुपमा उनीहरुलाई बताएः “सेनामा अनुशासन छ, शिविरभित्र रथ घोडाहरु यताउती चल्न दिइदैन।”यो सुनेर सम्राटका पार्श्ववर्ती निकै रिसाए। तर सम्राट हान् वन् तीले आफ्ना पार्श्ववर्तीहरुलाई घोडा बाँध्ने साधन खुकुलो पारेर मन्दगतिले अगाडी जान आदेश दिए।

यो लेखलाई दुई भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn