चाउ या फुद्बारा सातजना सम्राटको विद्रोहलाई साम्य-1
चीनमा एक लोकोक्ति प्रचलित छः एउटा भेडाको नेतृत्वमा रहेको एक बथान सिंहले एउटा सिंहको नेतृत्वमा रहेको एक बथान भेडालाई पराजित गर्न सक्दैन। यस लोकोक्तिबाट के कुरा प्रष्ट्याइएको छ भने युद्धमा सेनापतिको महत्वपूर्ण भूमिका हुन्छ।
ईसा पूर्व दोस्रो शताब्दीताका चीनमा हान् वंशको स्थापना भयो। हान् वंशले पश्चिमी क्षेत्रको हूर जातिका कुलिनका बीच वैवाहित सम्बन्ध स्थापना गरी शान्ति कायम राख्नेगरेको थियो। त्यस अवधिमा दुइ पक्षका बीच संघर्ष भएको थिएन। तर पछि गएर हूर जातिका ठान् यु अर्थात राजाले अर्काको उक्साहटमा लागेर हान् वंशसित दौत्य सम्बन्ध विच्छेद गरे। ईसा पुर्व 158मा हूर जातिले हान् वंशको सिमानामाथि आक्रमण गर्नथाले। उनीहरुले मारकाट गर्दै सामानहरु पनि लुटपाट गर्नथाले। हान् वंशको सिमानामा स्थापित बुर्जाबाट खबर्दारी गर्ने संकेत अर्थात आगो बाले। टाढा र नजिकका आगोका मुस्लाले राजधानी छाङ आनसम्म संकेत दिएको थियो। त्यस बेला हान् वंशका सम्राट हान् वन् तीले प्रतिकार गर्न भनी तीन भागका सेनामा तीनजना सेनापति पठाएका थिए। राजधानी छाङ आनको संरक्षण गर्नका लागि छाङ आन नजीकै तैनाथ सेनामा पनि तीन जना सेनापति पठाएका थिए। सेनापति लिउ लीले आफ्नो सैनिकको नेतृत्व गर्दै पाआ शाङ भन्ने ठाउँमा तैनाथ भएका थिए। अर्को सेनापति स्यु ली चि मनमा र चाउ या फु नामक सेनापति शि लिउमा।