नेपाली

#अल्पसङ्ख्यक जाति# पोतमङ—सपना हुर्काउने बिउ-2

criPublished: 2022-01-04 16:31:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

परम्परागत संस्कृतिलाई बजारसँग राम्ररी जोडेर मात्रै त्यसको राम्रो विकास र नयाँ पुस्तामा हस्तान्तरण गर्नसकिने छ।

अर्को गैर-भौतिक सांस्कृतिक उत्तराधिकारी गे टुकेनले चिनियाँ अक्षर, मान जातीय अक्षर र सिपो जातीय अक्षरलाई मिलाएर विशेषतायुक्त हस्तलिपी कलाको सिर्जना गर्नुभएको छ।

पोतमङ उद्यमशीलता आधारमा "थ्यानशान क्षेत्रीय सिङफु रोडको उत्तर बाजापसल" नामक स्टुडियो छ। स्टुडियोका २० वर्षीय मालिक व्यावसायिक कलेजका विद्यार्थी हुन्। उनले सन् २०२१ जुनमा मात्र कलेजबाट स्नातक गरेका हुन्। विद्यालयमा अध्ययन गर्दा उनले आफ्नो उत्कृष्ट साङ्गीतिक प्रतिभाको कारण आफ्नै व्यवसाय सुरु गरी साङ्गीतिक बाजाको बिक्री गरेका थिए। सन् २०२० मा उनको स्टुडियोलाई उद्यमशीलता आधारमा सारिएको हो।

"हामीले साङ्गीतिक बाजाको व्यवसायमा मुख्यतया बाजा सम्बन्धी कार्य गर्छौं। ग्राहकले बाजा मन पराउँछन् कि पहिले बाजाको अनुभव गराउनुपर्छ। त्यसैले हामीले ग्राहकलाई अनुभव गराएर उनीहरूको चाहनाबमोजिम बेच्छौँ। हाम्रा ग्राहकहरू व्यावसायिक साथै गैर-व्यावसायिकहरू पनि छन्।"

सफलताका साथ उद्यमी बनेका विद्यार्थी, जवान मालिकले आफ्नै तरिकाबाट कलेजलाई जवाफ दिँदैछन्।

"कलेजले हामीलाई मञ्च प्रदान गरेको छ। कलेजका विद्यार्थीका लागि यो मञ्चले हामीलाई केही समर्थन र सुविधा नीति दिएको छ। हामी कलेजप्रति धेरै आभारी छौँ। त्यसैले, हामीले कलेजका इन्टर्नहरूलाई पसलमा काम गर्न स्वीकार गरेका छौँ र इन्टर्नहरूलाई केही तालिम पनि दिन्छौँ। यसरी, सम्बन्धित विषयका इन्टर्नले हामीकहाँ ठूलो भूमिका खेल्नेछन्।

यहाँ केही मानिसहरू परम्परागत संस्कृतिको उतराधिकारी बन्दैछन् र केहीले नयाँको सिर्जना गर्दैछन्। सङ्गीत स्टुडियोबाट फैलिएको ड्रमको सुमधुर लयले यी मानिसहरूको आशा तथा इच्छाको प्रतिनिधित्व गर्दछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn