#अल्पसङ्ख्यक जाति# पोतमङ—सपना हुर्काउने बिउ-2
सिन्च्याङको सदरमुकाम उरूमुचिस्थित पोतमङ विश्वविद्यालयमा विद्यार्थीहरूले उद्यमशीलता आधारमा युवाहरूलाई मन पर्ने नयाँ कला मात्रै नभई परम्परागत गैर-भौतिक सांस्कृतिक सिल्प पनि सिक्न सकिन्छ।
यहाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेशको गैरभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत हातले काट्ने कागज सीपका उत्तराधिकारी वाङ गेको एउटा स्टुडियो पनि छ। ६० वर्षीय वाङ गे उज्यालो पारम्परिक राष्ट्रिय पोशाक लगाउन मनपराउनु हुन्छ। उहाँले आफूलाई मनपर्ने कागज काट्ने सीपबारे कुराकानी गर्दै ज्यादै उत्साहित रूपमा जानकारी दिनुभयो-
"मैले सिन्च्याङ रङ्गीन कागज काट्ने विषयबारे अध्ययन गर्दैआएको छु। हामीले रङ्गीन कागज काट्ने प्रविधिमार्फत् सिन्च्याङका केही गैरभौतिक सांस्कृतिक सम्पदा परियोजना प्रदर्शन गर्दछौँ। हामीले पोस्टकार्ड र बुकमार्कहरू पनि बनाएका छौँ। उदाहरणका लागि यसलाई सिल्क स्कार्फको रूपमा प्रयोग गर्न सकिन्छ। वा भित्तेचित्र। ठूला बजारमा हाम्रा दुईवटा पसलहरू छन्।"
सानैदेखि हजुरआमा र आमाबाट कागज काट्ने सिल्प सिकेर हालसम्म ५० वर्ष भइसकेको वाङ गेले चर्चा गर्नुभएको छ। सिन्च्याङ आएका धेरै पर्यटकहरूले सिन्च्याङको स्थानीय विशेषतायुक्त सामान किन्न चाहेको उहाँले थाहा पाउनुभयो। उहाँले क्रमशः धेरै रोचक रचनाहरू सिर्जना गर्नुभयो। परम्परागत गैरभौतिक सांस्कृतिक सम्पदालाई बजारको माँगसँग अनुकूलन गराउनका लागि वाङ गेले सिन्च्याङका ठूला वा साना बजारहरूको भ्रमण गर्नुभयो।
सांस्कृतिक सिर्जनात्मक समानको सिर्जना र उत्पादनबारे वाङ गेसँग आफ्नै विचारहरू छन्।
"व्यावहारिक हुनुपर्छ। सबै प्रकारका मानिसहरूका लागि उपयुक्त हुनुपर्छ। पर्यटकहरू सिन्च्याङको सांस्कृतिक उत्पादनलाई सम्झना स्वरूप लैजान चाहन्छन्। यदि दशजनामध्ये पाँचजनाले मात्र यो उत्पादन मन पराउँछन् भने, ग्राहकहरूको चाहना र रूचि हामीलाई थाहा छ।"