#अल्पसंख्यक जाति# पोतमङ—सपना हुर्काउने बिउ-1
"हाम्रो स्टुडियो सन् २०१८ मा स्थापना भएको हो। सन् २०२१ मा हामी यो उद्यमशीलता आधारमा सरेका थियौँ। हाम्रो स्टुडियोले केही तालिम र शिक्षा कार्यक्रम सञ्चालन गर्दछ। त्यसबाहेक हामीले कलेजका विद्यार्थीहरूलाई केही रोजगारी पद पनि उपलब्ध गराउँछौँ, जसबाट उनीहरू यस कलालाई गहिरो रूपमा बुझेर उतराधिकारी बन्नसक्छन्।"
भित्तामा राखिएका ट्यापस्ट्री, विभिन्न प्रकारका कपडा झोलाहरू, सरल देखिने सामानहरू..., यस कक्षाकोठाभित्र प्रवेश गर्ने हरेक युवतीसिर्जना गर्न तथा सीप सिक्न उत्साहित हुने छ। यो रमाइलो तथा रुचिकर ठाउँबाट धेरै विद्यार्थीहरूले एउटा प्रविधि पनि सिकेका छन्।
प्याचवर्क एम्ब्रोइडरी प्रविधिहरूबाहेक विभिन्न स्टुडियो र कक्षाकोठाहरूमा, विद्यार्थीहरूले चित्रकला र माटोको भाँडा बाउने जस्ता विभिन्न सीपहरू पनि सिक्न सक्छन्।