#अल्पसंख्यक जाति# पोतमङ—सपना हुर्काउने बिउ-1
बेरोजगारी विश्वव्यापी रूपमा हरेक देशले सामना गर्नुपर्ने समस्या हो। र यसको समाधान गरिनुपर्छ। केही वर्षयता बेरोजगारी समस्याको सामना गर्न चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेशले युवा विद्यार्थीहरूलाई उद्यमशीलता अभ्यास गर्न प्रोत्साहित गर्नुका साथै उनीहरूको सपना साकार पार्न सहयोग गरेको छ। सिन्च्याङको सदरमुकाम उरूमुचिस्थित पोतमङ विश्वविद्यालयका विद्यार्थीको उद्यमशीलता आधार सिन्च्याङ व्यावसायिक कलेजका विद्यार्थीका लागि पहिलो उद्यमशीलता आधार हो। स्थानीय कर्मचारीको जानकारीअनुसार, यस नवीन र उद्यमशील सेवा प्लेटफर्म मार्फत् सिन्च्याङ व्यावसायिक कलेजका विद्यार्थीहरूको रोजगारी र उद्यमशीलता दर अन्य कलेजको तुलनामा १.५ प्रतिशतले बढी छ। उक्त चार तले भवनका हरेक ठूला वा साना स्टुडियोले धेरै युवाहरूको सुन्दर सपना बोकेको छ।
स्थानीय कर्मचारीले भने-
"हालसम्म, हामीले कलेजका विद्यार्थीका लागि विकास गरेको उद्यमशील कम्पनी र स्टुडियो १३० भन्दा बढी छन् र ६० भन्दा बढी तयार भइरहेका छन्। यी कम्पनीहरूले विद्यार्थीहरूलाई करिब ७०० रोजगारी र ३०० भन्दा बढी उद्यमी पदहरू प्रदान गर्ने छन्।"
उद्यमशीलताको आधारमा कलेज र व्यवसायको सहयोगको तरिकामार्फत् उरूमुचि व्यावसायिक कलेजमा वैकल्पिक पाठ्यक्रमहरू स्थापना गरिएको छ। हाल कुल करिब २० कम्पनीलाई ५० भन्दा बढी कलेजको वैकल्पिक पाठ्यक्रम प्रणालीमा प्रवेश गराइनुका साथै एक कम्पनीको व्यावसायिक पाठ्यक्रम अनिवार्य पाठ्यक्रम प्रणालीमा समावेश गरिएको छ। जसबाट लगभग ३५०० विद्यार्थीहरूले शिक्षा हासिल गरी सिल्प सिकेका छन्।
सिन्च्याङ चिङचिङ प्याचवर्क एम्ब्रोइडरी कक्षा कोठामा स्टुडियोका प्रमुख वाङ चिङचिङले हरेक सिर्जनालाई न्यानो र बाल्यभावले बनाएकी छिन्। प्याचवर्क भनेको ढाँचा अनुसार कपडाहरू छुट्याएर बनाइने कपडाको काम हो। वाङ चिङचिङले विदेशबाट सिकेको प्रणालीगट सीपहरूलाई कढाई, बुनाई र अन्य शिल्पहरूसँग मिलाएर धेरै सुन्दर र व्यावहारिक वस्तुहरू बनाएकी छिन्।