परालले मोडेको डुंगाद्बारा बाण बटुलेर लिने कथा-2
चु क ल्याङको डुँगा-दल वु राज्यको सैनिक छाउनीमा फर्केर आउँदा पाँच सय जवान पठाएर बाण ओसार्ने तरखरमा वु राज्यका मार्शल चौ यू पर्खिरहेका थिए। राम्ररी हिसाब गरेपछि ती डुंगामा परालका गुट्ठै-गुट्ठाबाट झिकेर ल्याइएका बाणको संख्या एक लाख त पुग्छ पुग्छ। हुन त वु राज्यका मार्शल चौ यू पनि तीक्ष्ण बुद्धि भएका मानिसका रुपमा नाउँ कमाएका व्यक्तित्व हुन्, तर अब चु क ल्याङको बुद्धि बारे थाहा पाएपछि उनलाई पनि प्रशंसा गर्न करै लाग्यो। त्यसो भए चु क ल्याङले त्यहीं राति नदीको जल-क्षेत्र वरिपरि बाक्लो कुहिरो लाग्नसक्ने कुरा कसरी थाहा भयोहोला? ए, उनी त मौसमको परिवर्तन बारेको भविश्यवाणी गर्नमा पनि निपुर्ण रहेछन्। खगोल सम्बन्धी अनेक संकेतका आधारमा राम्ररी अन्वेषण गरेपश्चात् उनी यसै दिन राति सो जल-क्षेत्रमा बाक्लो कुहिरो लाग्नसक्ने निस्कर्षमा पुगे। हो, यस्तै गरी चु क ल्याङले आफ्नो चलाख बुद्धिको सहयोगमा शत्रु सेनाबाट सित्तै एक लाख बाण लिन सफल भए।